• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

‘निर्वाचित भएको पहिलो दिनबाट प्रतिवद्धता कार्यान्वयनको काम थाल्छु’-एमाले कास्की २ का उम्मेदवार रश्मि आचार्य’अर्मलाकोटलाई पर्यटकीय क्षेत्र घोषणा गरेर पूर्वाधार विकासको काम थप बलियो बनाउनुछ’-एमाले कास्की २ का उम्मेदवार रश्मि आचार्य

नीतिप्रेस by नीतिप्रेस
February 20, 2026
in राजनीति
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नेकपा (एमाले) कास्की क्षेत्र नं -२ का उम्मेदवार रश्मि आचार्यले निर्वाचित भएको पहिलो दिनबाट प्रतिबद्धता कार्यान्वयनको काम थाल्ने उद्घोष गरेका छन् ।
‘निर्वाचित भएको पहिलो दिन सुनौलो इतिहास निर्माणको अध्याय त्यहीबाट प्रारम्भ हुनेछ । हामी योजना र प्रतिबद्धता मात्रै बनाउँदैनौ कार्यान्वयनको प्रष्ट मार्गचित्र सहित हजुरहरू समक्ष आएका छौं,’उम्मेदवार आचार्यले भने-‘हिजो हाम्रा जनप्रतिनिधिले हजुरहरूको विश्वासमा दाग लाग्ने कम गर्नु भएन आज त्यो कामलाई थप मजबुत बनाउने बलियो योजना बोकर आएको छु ।’
उनले शुक्रवार आफ्नो निर्वाचन क्षेत्र कास्की क्षेत्र नं। २ पोखरा १६ को दिपबाट मतदाता साक्षात्कार प्रारम्भ गर्दै सो कुरा बताएका हुन् ।
सुन्दर पर्यटकीय सम्भावना बोकेको अर्मलाकोटलाई पर्यटकीय क्षेत्र घोषणा गरेर पूर्वाधार विकास सहित पोखराका अन्य पर्यटकीय क्षेत्रहरूसँग जोड्ने काम बाँकी रहेको उनको भनाई छ । पोखरा १६ का महेन्द्र गूफा, चमेरे गुफा, सेती नदिमा थप पर्यटन आवागमन वृद्धिका लागि ती स्थलहरूको सबलीकृत विकास र प्रचार प्रसार मार्फत थप उत्पादनशिल बनाउनेमा उनको जोड छ ।
महत्वपूर्ण पर्यटकीय गन्तव्यको पहिचान, सबलीकरण र प्रचार प्रसार विना पोखराको पर्यटनले अपेक्षित परिणाम दिन नसक्ने उम्मेदवार आचार्यको ठहर छ । अपेक्षा बाँडेर मात्रै हुदैन आफूसँग परिणाम दिन सक्ने कार्यान्वयनमुखी योजना रहेको उम्मेदवार आचार्यले उल्लेख गरे ।
पोखरा १६ का अर्मलाकोट, र्याले, पात्ले, दाद्रे, डिहि, टाड बिस्यौना, कुर, माझकुना, घोकुर्ना, छहरेपानी, जोगिमणी, जुम्लेटी, घार्मीखोला लगायतका मतदाता भेटेका उम्मेदवार आचार्यले कास्की २ को स्थानीय भएको र सधैंसँगै रहेर सँगसँगै विकास, एकसाथ विकासको नीति अवलम्बन गर्ने प्रतिबद्धतापत्रमा उल्लेख गरेको दोहो¥याए ।

मतदाता भेटघाटमा एमालेका वरिष्ठ नेता सोमनाथ अधिकारी प्यासी, केन्द्रिय सदस्यद्वय प्रभा कोइराला, मीना कुमारी गुरुङ, पूर्व केन्द्रिय सदस्य भिम कार्की, अनेम संघ केन्द्रिय सल्लाहकार सृजना शर्मा, एमाले कास्कीका कार्यबाहक अध्यक्ष भेषराज बराल, पोखरा महानगर कमिटी अध्यक्ष जीवन प्रसाद आचार्य, निर्वाचन क्षेत्र उपसंयोजक बलराम आचार्य, सचिव झपट रानाभाट सहित प्रदेश ,जिल्ला र स्थानिय तहका नेता कार्यकर्ता सहभागी रहेको एमाले पोखरा १६ का अध्यक्ष यमनकाजी गुरुङले जानकारी दिए ।

Previous Post

जन्मदिनको खर्च रकम फोटो पत्रकारलाई सहयोग

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन