त्रिभूवन आमी क्लव १३ औं एनएसए कप पौडी च्याम्पियनसिपमा सर्वाधिक ९०५ फिना अंकका साथ च्याम्पियन भएको छ । सातदोबाटोस्थित राष्ट्रिय हिटिङ पौडी पोखरीमा आईतवार सम्पन्न च्याम्पियनसिपमा आर्मी च्याम्पियन हुँदा शिर्ष तीन स्थानमा विभागीय टोली नै हाबी भयो । नेपाल पौडी संघको आयोजनामा सम्पन्न दुई दिने च्याम्पियनपिमा नेपाल पुलिस क्लव सात सय १९ र एपिएफ चार सय ७२ अंकसहित दोस्रो र तेस्रो भए । यस प्रतियोगितामा कुल ३१ स्वर्ण पदकका लागि १७ वटा टोलीका एक सय ८३ खेलाडीले प्रतिष्पर्धा गरेका थिए । तर एउटा विधामा भने प्रतिष्पर्धी नपुग्दा खेल आयोजना भएन ।






