उत्तरपश्चिमी टर्कीमा रेल निर्माण स्थलमा बिहीबार जमिन भत्किँदा दुई कामदारको मृत्यु भएको छ ।
फायर ब्रिगेड र खोज तथा उद्धार टोलीले दुई घण्टाको उद्धार कार्यपछि शव निकालेका थिए ।
प्रहरी एकाइहरूले यस क्षेत्रमा धेरै सुरक्षा उपायहरूसहित उद्धार कार्य जारी राखेको बताएका छन् ।
घटनाबारे अनुसन्धान शुरु गरिएको छ । २२९ किलोमिटर लामो हाई–स्पीड रेल्वे परियोजनाले इस्तानबुल र बुल्गेरियासँग कपिकुले सीमा गेट बीचको जडान स्थापित गर्ने लक्ष्य राखेको छ ।