Latest
हरितालिका तिजमा पशुपतिमा व्रतालु महिलाको भीड
Next
Prev

डिडिसीले किसानहरुबाट संकलन गरेको दुध बिक्री नहुँदा रकम भुक्तानीमा समस्या

१ अर्ब  ३५ करोड ५ लाख ४६ हजार ८५० रुपैयाँ बराबरको दुध स्टक हुँदा भुक्तानीमा चुनौती
किसानले भुक्तानी पाउने भन्दा बढी मूल्य बराबरको दुध मौज्दात हुँदा दुध किसानको भुक्तानी गर्न नसकिएको सरकारले बताएको छ ।


मुलुकभरका दुध उत्पादक किसानहरुले उत्पादन गरेको दुध संकलन भएपनि बिक्री नहुँदा भुक्तानीमा समस्या आएको दुग्ध विकास संस्थानले जनाएको हो । संस्थानले मुलुकभरका दुध वितरण केन्द्रबाट संकलन भएको दुध प्रशोधनपश्चात बिक्री नहुँदा चालु पुँजी र नगद प्रवाहमा समेत समस्या रहेको बताएको छ । संस्थानले दुध किसानहरुले भुक्तानी नपाउनुको कारण पनि दुधबाट बनाएको मखन लगायत पाउडर दुध किसानले पाउने भुक्तानी भन्दा बढी मूल्य बराबरको मौज्दात भएको कारण भुक्तानीमा समस्या आएको जनायो । काठमाडौं,हेटौँडा,लुम्बिनी,नेपालगञ्ज,विराटनगर,धनगढी र चितवन वितरण आयोजनामा गरी १० लाख १५ हजार ५६५ केजी (१ हजार १५.५ मेट्रिकटन) पाउडर दुध स्टक रहेको दुग्ध विकास संस्थान काठमाडौंका दुग्ध वितरण आयोजना प्रमुख गणेशकुमार यादवले बताउनु भयो । उहाँले पाउडर दुध मात्रै नभएर मखन ७ लाख ६७ हजार १४४ केजी (७ सय ६७.१ मेट्रिक टन) मौज्दात रहेको बताउनु भयो । उहाँले काठमाडौं दुध वितरण आयोजनामा ३ लाख ९६ हजार ६४० किलो पाउडर दुध स्टकमा रहेको उल्लेख गर्नुभयो । उहाँले मुलुकभर गरी १ अर्ब  ३५ करोड ५ लाख ४६ हजार ८५० रुपैयाँ बराबरको दुध स्टक रहेको दाबी गर्नुभयो । उहाँले दुध बिक्रीको लागि बजार बिस्तारको ठूलो सम्भावना भएपनि सबै ठाउँमा पु¥याउन नसकिएको बताउनु भयो । उहाँले डिडिसीको दुध गुणस्तरको सुनिश्चितता भएकाले उपभोक्तामा लोकप्रिय रहेको बताउनु भयो । उहाँले दुध खरिद बिक्री र संकलनमा  अस्वस्थ प्रतिष्पर्धा हुँदा समस्या आएको बताउनु भयो । उहाँले आयोजनासँग भएका मेसिनहरु जिर्ण भएकले पनि दुध प्रशोधनमा समस्या रहेको बताउनु भयो । प्रमुख यादवले किसानलाई भुक्तानी गर्ने रकम भन्दा बढीको दुध मौज्दात हुँदा चालुपँजीको अभाव  झेलिरहेको बताउनु भयो । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उहाँले पाउडर दुध र मखनको मौज्दात उच्च रहेकाले नगद प्रवाहमा असर परेको पनि बताउनु भयो । उहाँले राजनीतिक हस्तक्षेपका कारण पनि संस्थानलाई चुनौती रहेको बताउनु भयो । उहाँले आयोजनासँग डेढ लाख लिटर क्षमताको दुध भण्डारण गर्नसक्ने क्षमता रहेको बताउनु भयो । उहाँले ३ सय मेट्रिक टन मखन भण्डारण गर्नसक्ने क्षमता र ४ सय मेट्रिक टन पाउडर दुध भण्डारणको क्षमता रहेको बताउनु भयो । 


उहाँले भन्नुभयो,‘काठमाडौं दुग्ध वितरण आयोजनाको प्रशोधन क्षमता प्रतिघण्टा १५ हजार लिटर छ । दुध संकलनको कार्य क्षेत्र काठमाडौं,भक्तपुर,ललितपुर,काभ्रेपलाञ्चोक,सिन्धुपाल्चोक,धादिङ,रसुवा र चितवन हुन् । २०६ सहकारी संस्था आवद्ध छन् । १ लाख घरधुरीबाट दुध संकलन गरिन्छ । औसत दुध संकलन ६५ देखि ७० हजार लिटर छ । सुख्खा सिजनमा ४० देखि ४५ हजार लिटर हुन्छ । दैनिक करिव ७० हजार लिटर दुध बिक्री हुन्छ । २५० कर्मचारीहरु रहेका छन् । आयोजनामा तीन थरिको स्टोर छ । प्याकेट दुध बनाएर स्टोर गछौं । त्यसको डेढ लाख लिटर क्षमता छ । मखन स्टोर गर्नसक्ने क्षमता ३ सय मेट्रिक टन छ । पाउण्डर दुध स्टोर क्षमता ४ सय मेट्रिक टन छ । सरकारले निर्धारण गरेको दुग्धको खरिद मूल्य ६५ रुपैयाँ रहेको छ । बजार बिस्तारको ठूलो सम्भावना भएको क्षेत्र काठमाडौं उपत्यका हो । प्राप्त बिक्रीको गर्ने क्षेत्र हुँदा पनि सबै ठाउँमा पु¥याउन सकेका छैनौं । गुणस्तरको सुनिश्चिता छ । गुणस्तरीय भएकाले डीडी दुध उपभोक्तामा लोकप्रिय पनि छ । आयोजनाहरुको केही चुनौतीहरु पनि छन् । दुध खरिद बिक्री र संकलनमा प्रतिष्पर्धा छ । अस्वस्थ प्रतिष्पर्धा छ । मेसिनहरु जिर्ण भएका छन् । प्राप्त चालुपँजीको अभाव छ । पाउडर दुध र मखनको मौज्दात उच्च रहेकाले नगद प्रवाहमा असर परेको छ । राजनीतिक हस्तक्षेप भइराख्ने गरेको छ । दुध किसानहरुले भुक्तानी नपाउनुको कारण दुग्धबाट बनाएको मखन लगायत वस्तुहरु किसानले पाउने भुक्तानी भन्दा बढी मूल्यको मौज्दात हुनु हो । आजसम्म काठमाडौं,हेटौडा,लुम्बीनी,नेपालगञ्ज,विराटनगर,धनगढी,चितवन वितरण आयोजनामा गरी १० लाख १५ हजार ५६५ केजी पाउडर र १ हजार १५.५ मेट्रिक टन स्टक रहेको छ । मखन ७ लाख ६७ हजार १४४ केजी,७६७.१ मेट्रिक टन मौज्दात छ । काठमाडौं दुध वितरण आयोजनामा ३ लाख ९६ हजार ६४० किलो पाउडर दुध स्टकमा छ । एक अर्ब  ३५ करोड ५ लाख ४६ हजार ८५० रुपैयाँ बराबरको दुध स्टक दुग्ध विकास संस्थानसँग छ ।’

काठमाडौं दुग्ध वितरण आयोजनाको प्रशोधन क्षमता प्रतिघण्टा १५ हजार लिटर रहेको छ । दुध संकलनको कार्य क्षेत्र काठमाडौं,भक्तपुर,ललितपुर,काभ्रेपलाञ्चोक,सिन्धुपाल्चोक,धादिङ,रसुवा र चितवन हुन् । २०६ सहकारी संस्था आवद्ध भएर १ लाख घरधुरीबाट दुध संकलन गरिने गरेको आयोजनाले जनाएको छ । औसत दुध संकलन ६५ देखि ७० हजार लिटर छ । सुख्खा सिजनमा ४० देखि ४५ हजार लिटर हुन्छ । दैनिक करिव ७० हजार लिटर दुध बिक्री हुने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist