• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

डिडिसीले किसानहरुबाट संकलन गरेको दुध बिक्री नहुँदा रकम भुक्तानीमा समस्या

नीतिप्रेस by नीतिप्रेस
March 22, 2024
in अर्थ/वाणिज्य, जीवनशैली, नेपाली समाचार आजको, फिचर, विचार, विविध, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

१ अर्ब  ३५ करोड ५ लाख ४६ हजार ८५० रुपैयाँ बराबरको दुध स्टक हुँदा भुक्तानीमा चुनौती
किसानले भुक्तानी पाउने भन्दा बढी मूल्य बराबरको दुध मौज्दात हुँदा दुध किसानको भुक्तानी गर्न नसकिएको सरकारले बताएको छ ।


मुलुकभरका दुध उत्पादक किसानहरुले उत्पादन गरेको दुध संकलन भएपनि बिक्री नहुँदा भुक्तानीमा समस्या आएको दुग्ध विकास संस्थानले जनाएको हो । संस्थानले मुलुकभरका दुध वितरण केन्द्रबाट संकलन भएको दुध प्रशोधनपश्चात बिक्री नहुँदा चालु पुँजी र नगद प्रवाहमा समेत समस्या रहेको बताएको छ । संस्थानले दुध किसानहरुले भुक्तानी नपाउनुको कारण पनि दुधबाट बनाएको मखन लगायत पाउडर दुध किसानले पाउने भुक्तानी भन्दा बढी मूल्य बराबरको मौज्दात भएको कारण भुक्तानीमा समस्या आएको जनायो । काठमाडौं,हेटौँडा,लुम्बिनी,नेपालगञ्ज,विराटनगर,धनगढी र चितवन वितरण आयोजनामा गरी १० लाख १५ हजार ५६५ केजी (१ हजार १५.५ मेट्रिकटन) पाउडर दुध स्टक रहेको दुग्ध विकास संस्थान काठमाडौंका दुग्ध वितरण आयोजना प्रमुख गणेशकुमार यादवले बताउनु भयो । उहाँले पाउडर दुध मात्रै नभएर मखन ७ लाख ६७ हजार १४४ केजी (७ सय ६७.१ मेट्रिक टन) मौज्दात रहेको बताउनु भयो । उहाँले काठमाडौं दुध वितरण आयोजनामा ३ लाख ९६ हजार ६४० किलो पाउडर दुध स्टकमा रहेको उल्लेख गर्नुभयो । उहाँले मुलुकभर गरी १ अर्ब  ३५ करोड ५ लाख ४६ हजार ८५० रुपैयाँ बराबरको दुध स्टक रहेको दाबी गर्नुभयो । उहाँले दुध बिक्रीको लागि बजार बिस्तारको ठूलो सम्भावना भएपनि सबै ठाउँमा पु¥याउन नसकिएको बताउनु भयो । उहाँले डिडिसीको दुध गुणस्तरको सुनिश्चितता भएकाले उपभोक्तामा लोकप्रिय रहेको बताउनु भयो । उहाँले दुध खरिद बिक्री र संकलनमा  अस्वस्थ प्रतिष्पर्धा हुँदा समस्या आएको बताउनु भयो । उहाँले आयोजनासँग भएका मेसिनहरु जिर्ण भएकले पनि दुध प्रशोधनमा समस्या रहेको बताउनु भयो । प्रमुख यादवले किसानलाई भुक्तानी गर्ने रकम भन्दा बढीको दुध मौज्दात हुँदा चालुपँजीको अभाव  झेलिरहेको बताउनु भयो । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उहाँले पाउडर दुध र मखनको मौज्दात उच्च रहेकाले नगद प्रवाहमा असर परेको पनि बताउनु भयो । उहाँले राजनीतिक हस्तक्षेपका कारण पनि संस्थानलाई चुनौती रहेको बताउनु भयो । उहाँले आयोजनासँग डेढ लाख लिटर क्षमताको दुध भण्डारण गर्नसक्ने क्षमता रहेको बताउनु भयो । उहाँले ३ सय मेट्रिक टन मखन भण्डारण गर्नसक्ने क्षमता र ४ सय मेट्रिक टन पाउडर दुध भण्डारणको क्षमता रहेको बताउनु भयो । 


उहाँले भन्नुभयो,‘काठमाडौं दुग्ध वितरण आयोजनाको प्रशोधन क्षमता प्रतिघण्टा १५ हजार लिटर छ । दुध संकलनको कार्य क्षेत्र काठमाडौं,भक्तपुर,ललितपुर,काभ्रेपलाञ्चोक,सिन्धुपाल्चोक,धादिङ,रसुवा र चितवन हुन् । २०६ सहकारी संस्था आवद्ध छन् । १ लाख घरधुरीबाट दुध संकलन गरिन्छ । औसत दुध संकलन ६५ देखि ७० हजार लिटर छ । सुख्खा सिजनमा ४० देखि ४५ हजार लिटर हुन्छ । दैनिक करिव ७० हजार लिटर दुध बिक्री हुन्छ । २५० कर्मचारीहरु रहेका छन् । आयोजनामा तीन थरिको स्टोर छ । प्याकेट दुध बनाएर स्टोर गछौं । त्यसको डेढ लाख लिटर क्षमता छ । मखन स्टोर गर्नसक्ने क्षमता ३ सय मेट्रिक टन छ । पाउण्डर दुध स्टोर क्षमता ४ सय मेट्रिक टन छ । सरकारले निर्धारण गरेको दुग्धको खरिद मूल्य ६५ रुपैयाँ रहेको छ । बजार बिस्तारको ठूलो सम्भावना भएको क्षेत्र काठमाडौं उपत्यका हो । प्राप्त बिक्रीको गर्ने क्षेत्र हुँदा पनि सबै ठाउँमा पु¥याउन सकेका छैनौं । गुणस्तरको सुनिश्चिता छ । गुणस्तरीय भएकाले डीडी दुध उपभोक्तामा लोकप्रिय पनि छ । आयोजनाहरुको केही चुनौतीहरु पनि छन् । दुध खरिद बिक्री र संकलनमा प्रतिष्पर्धा छ । अस्वस्थ प्रतिष्पर्धा छ । मेसिनहरु जिर्ण भएका छन् । प्राप्त चालुपँजीको अभाव छ । पाउडर दुध र मखनको मौज्दात उच्च रहेकाले नगद प्रवाहमा असर परेको छ । राजनीतिक हस्तक्षेप भइराख्ने गरेको छ । दुध किसानहरुले भुक्तानी नपाउनुको कारण दुग्धबाट बनाएको मखन लगायत वस्तुहरु किसानले पाउने भुक्तानी भन्दा बढी मूल्यको मौज्दात हुनु हो । आजसम्म काठमाडौं,हेटौडा,लुम्बीनी,नेपालगञ्ज,विराटनगर,धनगढी,चितवन वितरण आयोजनामा गरी १० लाख १५ हजार ५६५ केजी पाउडर र १ हजार १५.५ मेट्रिक टन स्टक रहेको छ । मखन ७ लाख ६७ हजार १४४ केजी,७६७.१ मेट्रिक टन मौज्दात छ । काठमाडौं दुध वितरण आयोजनामा ३ लाख ९६ हजार ६४० किलो पाउडर दुध स्टकमा छ । एक अर्ब  ३५ करोड ५ लाख ४६ हजार ८५० रुपैयाँ बराबरको दुध स्टक दुग्ध विकास संस्थानसँग छ ।’

काठमाडौं दुग्ध वितरण आयोजनाको प्रशोधन क्षमता प्रतिघण्टा १५ हजार लिटर रहेको छ । दुध संकलनको कार्य क्षेत्र काठमाडौं,भक्तपुर,ललितपुर,काभ्रेपलाञ्चोक,सिन्धुपाल्चोक,धादिङ,रसुवा र चितवन हुन् । २०६ सहकारी संस्था आवद्ध भएर १ लाख घरधुरीबाट दुध संकलन गरिने गरेको आयोजनाले जनाएको छ । औसत दुध संकलन ६५ देखि ७० हजार लिटर छ । सुख्खा सिजनमा ४० देखि ४५ हजार लिटर हुन्छ । दैनिक करिव ७० हजार लिटर दुध बिक्री हुने गरेको छ ।

Previous Post

सरकारले ल्याएको विद्युत विधेयक नेपाली लगानीकर्तालाई विदेश पठाउने मर्मका साथ आएको छः अध्यक्ष कार्की

Next Post

इजरायली सेनाको आक्रमणमा वेस्ट बैंकमा ६ प्यालेस्टाइनीको मृत्यु

Next Post

इजरायली सेनाको आक्रमणमा वेस्ट बैंकमा ६ प्यालेस्टाइनीको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन