Latest
Next
Prev

नयाँ सरकारले जनतालाई राहत दिने कुरामा जोड दिएर काम गर्नुपर्छः उपप्रधानमन्त्री सिंह

नवनियुक्त उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले जनतालाई राहत दिने कुरामा जोड दिएर आफूहरुले काम गर्ने बताउनुभएको छ ।


सोमवार शितल निवासमा शपथग्रहण गरेलगत्तै सिंहदरबारमा पुगेर पदभार ग्रहण गर्नुभएको उहाँले प्रतिवद्धता व्यक्त गर्नुभएको हो । जनताको अपेक्षा अनुसार काम नभएको हुनाले नयाँ सरकारले उनीहरुलाई राहत दिने कुरामा जोड दिएर अघि बढनुपर्ने उपप्रधानमन्त्री सिंहको भनाई थियो । उहाँले जनतालाई सुविधा दिने खालको आधुनिक सहर बनाउने कुरालाई प्राथमिकता दिएर काम गर्ने पनि बताउनु भयो । 
उपप्रधानमन्त्री सिंहले भन्नुभयो, अस्थिरताबाट गुज्रिरहेको नेपालको राष्ट्रिय राजनीतिलाई राजनीतिक स्थिरता र स्थायित्वमा परिणत गर्नका लागि अहिले यो पार्लियामेण्टको सबैभन्दा ठूलो दल र सेकेण्ड ठूलो दल मिलेर सरकारको गठन भएको  छ । अहिले हामीहरुले यो मन्त्रालयमा म आईसकेपछि यो सहरी विकास मन्त्रालय भएको कारणले गर्दा नेपालको शहरहरुलाई व्यवस्थित गर्नका लागि र अहिलेको आधुनिक मान्यता अनुरुप जनताको चाहना अनुरुप सुविधादिन लायक सहर बनाउनको लागि यो मन्त्रालयको काम, कर्तव्य र अधिकार जे छ, त्यसको सीमा भित्र बसेर यो कामलाई अघि बढाउनेतिर लाग्नुपर्छ । र मुख्य कुरा के हो भन्दाखेरी कि जनतामा अपेक्षा अनुसार काम भएन भन्ने छ । अव यो देशका ठूला दलहरु मिलेर बनाएको यो सरकार भएको कारणले गर्दा हाम्रो ध्यान डेलिभर गर्नेमा काम गर्नुपर्नेमा, जनतालाई राहत दिनुपर्नेमा त्यसमा चाँही विशेष जोड दिएर हामी अगाडि बढनु पर्छ भन्ने लागेको छ । त्यही हो ।                                                                          
उपप्रधानमन्त्री सिंहले जनतालाई सुविधा दिन लायक शहर बनाउने काममा पनि आफू लाग्ने बताउनु भयो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist