७६ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा काठमाडौंमा ¥याली भएको छ ।
काठमाडौंको माईतीघर, रत्नपार्क लगायतका स्थानमा मानवअधिकारवादीहरुले ¥याली गरेका हुन् । ¥यालीमा सहभागी हुँदै राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले आर्थिक, सामाजिक र वातावरणीय अधिकार, सीमान्तकृत समुदायका मानव अधिकार भन्ने नारासहित यस वर्षको ७६ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइने बताउनु भयो । उहाँले यस वर्षको अन्तर्राष्ट्रिय मानव अधिकार दिवस सीमान्तकृत व्यक्तिहरुलाई लक्षित गरिएको बताउनु भयो । उहाँले संविधानमा सामाजिक न्यायको हकअन्तर्गत आर्थिक, सामाजिक र शैक्षिक रुपमा पछि परेका व्यक्तिहरु महिला, दलित लगायत सीमान्तकृत व्यक्तिहरुको लागि पनि समानुपातिक, समावेशी सिद्धान्तको आधारमा राज्यको निकायमा सहभागिता हुनुपर्ने बताउनु भयो । उहाँले सीमान्तकृत समुदायले प्राप्त गर्न नसकेको अधिकारहरुको सुनिश्चितताका लागि आवाज उठाउनुपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘मानव अधिकार, आर्थिक, सामाजिक र वातावरणीय अधिकार, सीमान्तकृत समुदायका मानव अधिकार भन्ने नारा रहेको छ । अहिले सीमान्तकृत व्यक्तिहरुलाई लक्षित गरिएको छ । हाम्रो संविधानमा सामाजिक न्यायको हक छ । सामाजिक न्यायको हकमा स्पष्ट रुपमा भनिएको छ । आर्थिक, सामाजिक र शैक्षिक रुपमा पछि परेका व्यक्तिहरु महिला, दलित लगायत सीमान्तकृत व्यक्तिहरुको लागि पनि समानुपातिक, समावेशी सिद्धान्तको आधारमा राज्यको निकायमा सहभागिता हुनेछ भन्ने छ । के यो हक बमोजिक सीमान्तकृत व्यक्तिले अधिकार पाएका छन् त ? त्यो हामीले मूल्यांकन गर्नुपर्ने अवस्था छ । उनीहरुलाई कसरी ति हक दिलाउने भन्नेकुरा महत्वपूर्ण छ ।’
मानव अधिकारकर्मीहरुले घरघरमा मानव अधिकार, शान्ति र विकासको आधार, जलवायु न्याय अहिलेको आवश्यकता लगायतका प्लेकार्ड बोकेर प्रदर्शनी गरेका छन् ।