• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

कर्णाली याक्स दोस्रो क्वालिफायरमा

नीतिप्रेस by नीतिप्रेस
December 18, 2024
in खेलकुद समाचार, नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

[adrotate banner= “3”]

कर्णाली याक्सले बुधवार चितवन राइनोजलाई हराउँदै नेपाल प्रिमियर  लिग(एनपिएल) को दोस्रो क्वालिफायरमा स्थान बनाएको छ । 
तीन ब्याटरको उत्कष्ट प्रदर्शनमा कर्णालीले चितवनमाथि २१ रनको जित निकाल्दै दोस्रो क्वालिफायरमा स्थान बनाएको हो । त्रिवि क्रिकेट मैदानमा १७६ रनको लक्ष्य पछ्याएको चितवन निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १५४ रन मात्र जोड्न सफल भयो ।  लिगमा पनि कर्णालीले चितवनलाई हराएको थियो । प्लेअफमा पनि कर्णालीले आफ्नो विजययात्रा जारी राख्यो । चुनौतिपूर्ण लक्ष्य पछ्याएको कर्णालीको सुरुआत राम्रो शुरुवात हुन सकेन । ओपनर हसन इसाखिल १ रनमा नै आउट भए । अर्का ओपनर विपिन रावल पनि १८ रनमै पेभेलियन फर्किए ।
अनुभवी बलर सोमपाल कामीले दुवै ओपनरलाई आउट गरेका हुन् । लुक बेन्केनस्टेइन पनि १६ रनमा नै पभेलियन फर्किए । चितवनले पावर प्लेमा ४७ रन जोड्यो तीन विकेट गुमायो । त्यसपछि अनुभवी अलराउण्डर रवि बोपाराले इनिङ समाले । कप्तान कुशल मल्लसँग उनले चौथो विकेटका लागि ३६ रनको साझेदारी गरे । तर युवा स्पिनर विपिन शर्माले कुशललाई २१ रनमा बोल्ड गर्दै साझेदारी तोडे । यससँगै १०.५ ओभरमा चितवन ८३÷४ को स्थितिमा पुग्यो । त्यसपछि कुनैपनि ब्याटरले रविलाई साथ दिन सकेनन् ।
सन्तोष कार्की ८, सोहेल तनभिर ४ र अमर रौटेला ९ रनमै पभेलियन फकिए । १५ बलमा सन्तोषले कुनैपनि बाउन्ड्री प्रहार गर्न सकेनन् । विशाल लक्ष्य पछ्याएको चितवनमाथि दबाब प¥यो । १८.५ ओभरमा रवि ५३ रनमा बाउन्ड्री लाइनमा क्याच हुन पुगे । यससँगै कर्णालीले खेलमा पूर्ण दबाब बनायो । नन्दन यादवले रविलाई गुलसन झाद्वारा क्याच गराएका हुन् । रविले ३४ बलमा तीन चौका र चार छक्का हिर्काए । शरद भेषावकरले १० रनमा अविजित रहँदा रिजन ढकाल ७ रनमा रनआउट भए । कर्णालीको बलिङमा जिसान मक्सुदले तीन तथा कप्तान सोमपाल र नन्दन यावदले समान दुई विकेट लिए ।
विपिनको नाममा एक विकेट रह्यो । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले पूरै ओभरमा ६ विकेट गुमाउँदै १७५ रनको योगफल बनायो । तीन ब्याटर चम्किँदा कर्णालीले राम्रो योगफल बनाउन सफल भएको हो । ओपनर तथा डेब्युटेन्ट जयकिसन कोल्सावाल र विलियम बोसिस्टोले अर्धशतक बनाउँदा विकेटकिपर चाडविक वाल्टनले अक्रामक ब्याटिङ गर्दै कर्णालीलाई राम्रो स्थितिमा पु¥याएका हुन् । दोस्रो ओभरमै ओपनर रित गौतमलाई शुन्यमा नै आउट हुँदा कर्णालीको शुरुवात राम्रो हुन सकेन । तर डेब्यु गरेका कोल्सावालाले इनिङ समाले । उनले दोस्रो विकेटका लागि जिसानसँग २९ रनको साझेदारी गरे ।
शरद्ले जिसानलाई १४ रनमा आउट गरे । उनले १२ बलमा समान एक चौका र छक्का प्रहार गरे । पावर प्लेमा कर्णालीले दुई विकेट गुमाउँदा ४९ रन जोड्यो । तेस्रो विकेटका लागि कोल्सावाला र विलियमबीच ५९ रनको साझेदारी बन्यो । १३ औं ओभरमा कोल्सावा ५३ रनमा आउट भए । उनलाई सोहेल तनभिरले बोल्ड गरेका हुन् । ३९ बलमा कोल्सावालाले ६ चौका र दुई छक्का हिर्काए । लगत्तै १४औं ओभरमा कुशल मल्लले गुलसनलाई शून्यमा बोल्ड गरे । त्यसपछि विलियम र वाल्टनबीच पाँचौं विकेटका लागि ६१ रनको साझेदारी भयो ।
१९ औं ओभरमा विलियम ५२ रनमा तनभिरद्वारा बोल्ड भए । उनले ३९ बलमा तीन चौका र दुई चौका हिर्काए । वाल्टनले २३ बलमा ४६ रन जोड्दा चार चौका र तीन छक्का प्रहार गरे । चितवनको बलिङमा सोहेलले दुई तथा शरद, रवि र कुशलले समान एक विकेट लिए । अमरले तीन ओभरमा १७ रन खर्चिए पनि विकेट लिन सकेनन् ।

[adrotate banner= “4”]

[adrotate banner= “5”]

[adrotate banner= “6”]

Previous Post

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिद्वारा ४ उपसमिति गठन

Next Post

नयाँ प्रतियोगिताका रूपमा सोचेर खेल्यौं– सोमपाल कामी

Next Post

नयाँ प्रतियोगिताका रूपमा सोचेर खेल्यौं– सोमपाल कामी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन