पोखरा । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । आज सुन तोलामा चार सय रुपैयाँ घटेको हो ।
मूल्य घटेसँगै आज बिहीबार छापावाला सुनको मूल्य तोलामा एक लाख ५९ हजार छ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार छापावाल सुनको मूल्य तोलामा एक लाख ६० हजार पुगेको थियो ।
आज पोखरा बजारमा सुनको भाउ एक लाख ६० एक सय रुपैयाँ रहेको नेपाल सुनचाँदी रत्न तथा आभूषण संघ कास्कीले जनाएको छ ।
यस्तै असली चाँदीको मूल्य पनि घटेको छ । बुधबार तोलामा एक हजार आठ ९५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार घटेर तोलामा एक हजार आठ सय ७५ रुपैयाँ कायम भएको हो ।
पोखरा बजारमा चाँदीको भाउ एक हजार नौ सय पाँच रुपैयाँ कायम भएको संघले जनाएको छ ।