• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

राष्ट्रिय औद्योगिक व्यापार मेला तथा आइटी महोत्सव शुरु [तस्बिर]

नीतिप्रेस by नीतिप्रेस
January 24, 2025
in अर्थ/वाणिज्य, गण्डकी प्रदेश, समाचार
0
राष्ट्रिय औद्योगिक व्यापार मेला तथा आइटी महोत्सव शुरु [तस्बिर]
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । पोखरा उद्योग वाणिज्य सङ्घद्वारा आयोजित ३३औँ ‘राष्ट्रिय औद्योगिक व्यापार मेला तथा आइटी महोत्सव’ बिहीबारदेखि पोखरामा शुरु भएको छ ।

मेला उद्घाटन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले निजी क्षेत्रसँगको सहकार्यविना समृद्धि प्राप्त नहुने बताए ।

मुख्यमन्त्रीले सरकार र निजी क्षेत्रबीचको सहकार्यबाट मात्रै समृद्धि हासिल गर्न सकिने जिकिर गरे । निजी क्षेत्रसँगको सहकार्यमा सरकारले जोड दिएको उल्लेख गर्दै उनले त्यसको वातावरण निर्माणमा लाग्ने प्रतिबद्धता जनाए ।

सङ्घीय सरकारले अध्यादेशमार्फत निजी क्षेत्रलाई सहज हुने गरी वातावरण निर्माण गरेको भन्दै मुख्यमन्त्री पाण्डेले त्यसले शिथिल अर्थतन्त्र उकासिने स्पष्ट पारे ।

सङ्घले सातवटै प्रदेशको उत्पादन, कला-संस्कृति एवं खानाको प्रदर्शनको सुरुआत गरेको भन्दै उनले गण्डकी प्रदेशमा दुईवटा क्षेत्रमा औद्योगिक क्षेत्र खोल्ने भनिए पनि जग्गा प्राप्ति समयमै नहुँदा काम रोकिएको उल्लेख गरे ।

हालै कोरला नाका सुचारु भएको र त्यहाँ अध्यागमन कार्यालय सुरुआत भएको उल्लेख गर्दै उनले त्यसलाई पूर्णरुपले सञ्चालन गरेर पोखराबाट कोरोला नाकासम्म जोड्ने बाटो र पोखराबाट त्रिवेणी जोड्ने बाटो भरपर्दो बनाएर सञ्चालन गर्न सकिए गण्डकी प्रदेशलाई व्यापार व्यवासायमा फाइदा पुुग्ने बताए ।

कोरला नाकालाई व्यवस्थित रुपमा सञ्चालन गरिएमा त्यसले तिब्बतसँगको व्यापार यतैबाट हुने उनको भनाइ थियो । गण्डकी प्रदेशमा उत्पादनको आधारमा मात्र अनुदान दिने नीति अगाडि बढाइएको भन्दै उनले उत्पादन प्रक्रिया सुरु भएपछि मात्र अनुदान दिन थाल्ने जानकारी दिए ।

गण्डकी प्रदेशका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्यालले पोखराबाट अन्तर्राष्ट्रिय उडानका लागि प्रदेश सरकार क्रियाशील रहेको बताए ।

गण्डकी सरकारले उद्योग र पर्यटनको विकासलाई विशेष जोड दिएको जिकिर गर्दै उनले उद्योगमार्फत हुने उत्पादनले मात्र देश समृद्ध बन्ने कुरामा आफू प्रष्ट रहेको धारणा राखे ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा महानगर क्षेत्रको व्यवसाय प्रवर्द्धनका लागि सञ्चालन गरिने हरेक गतिविधिमा पोखरा महानगरपालिका साथमा रहेको विश्वास दिलाए ।

पोखराको अर्थतन्त्रलाई चलायमान बनाउनका लागि यस प्रकारका मेला महोत्सवको भूमिका महत्वपूर्ण हुने उनले बताए ।

सङ्घका अध्यक्ष गोकर्ण कार्कीले पोखरालगायत सम्पूर्ण राष्ट्रको औद्योगिक, कृषिजन्य, हस्तकलाका उत्पादन, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, पर्यटनलगायत कृषिजन्य उत्पादनलाई प्रवद्र्धन तथा बजारीकरणमा सघाउ पुर्‍याउने लगायतका उद्देश्यका साथ महोत्सव आयोजना गरिएको जानकारी दिए ।

गण्डकी प्रदेश सरकारले अगाडि सारेको दोस्रो पञ्चवर्षीय योजनामार्फत ‘आत्मनिर्भर र समुन्नत प्रदेशः सुखी प्रदेशवासी’ को लक्ष्य प्राप्तिमा समर्पित रहेको उनको भनाइ थियो ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष अमृतकुमार भट्टचन, नेपाल उद्योग वाणिज्य सङ्घका केन्द्रीय सदस्य अमरेश वैदार, जीतपुर सिमरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष मोहनकुमार शर्मा, सङ्घका वरिष्ठ उपाध्यक्ष उत्तममान बुद्धाचार्य, महासचिव शोभा गौतमलगायतले बोलेका थिए ।

महोत्सवमा १२ औँ क्यान इन्फोटेक २०२५ तथा चौथो मोबाइल एक्सपो २०२५ पनि समावेश छ । महोत्सवलाई यस पटक पृथक र चलायमान अर्थतन्त्रको आधारशीला बनाउने लक्ष्यका साथ शुभारम्भ गरिएको सङ्घका अध्यक्ष तथा महोत्सव कार्यसम्पादन समिति संयोजक गोकर्ण कार्कीले बताए ।

उनका अनुसार मेलामा राष्ट्रिय स्तरका औद्योगिक उत्पादन, सूचना प्रविधि र हस्तकलाका उत्पादन प्रवद्र्धन गर्ने उद्देश्य राखिएको छ ।

महोत्सवमा सूचना प्रविधिका क्षेत्रमा पछिल्लो समय आएका नयाँ आविष्कार, कृत्रिम बुद्धिमत्ता (एआई), उन्नत सीसीटीभी प्रविधि, सफ्टवेयर निर्माण र बजारबारे समेत जानकारी हासिल गर्न सकिनेछ ।

चौथो मोबाइल एक्सपोअन्तर्गत ५० प्रतिशतसम्म छुटमा मोबाइल खरिद, एक्सचेन्ज अफर, किस्तामा खरिद सुविधा र हरेक दिन पाँच वटा डोर प्राइजको व्यवस्था गरिएको छ ।

मेलामा औद्योगिक उत्पादन, कृषिजन्य वस्तु, हस्तकला, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, र पर्यटन प्रवर्द्धनका साथै महिला उद्यमशीलतालाई प्रोत्साहन गर्न विशेष कार्यक्रम गरिनेछन् । मेला माघ २१ गतेसम्म सञ्चालन हुनेछ ।

तस्बिर

Previous Post

पोखराबाट अन्तर्राष्ट्रिय उडानमा लाग्ने विमानस्थल सेवा शुल्क खारेज

Next Post

गोरखामा आगलागी हुँदा तीन घर जलेर नष्ट

Next Post
गोरखामा आगलागी हुँदा तीन घर जलेर नष्ट

गोरखामा आगलागी हुँदा तीन घर जलेर नष्ट

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन