• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

प्रतिनिधि सभामा सांसदहरुः काँग्रेस–एमालेको सहमतीदेखि प्राकृतिक प्रकोपसम्म

नीतिप्रेस by नीतिप्रेस
July 8, 2024
in नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

[adrotate banner= “3”]

नेकपा(एकीकृत समाजवादी)का सांसद अम्मरबहादुर थापाले कांग्रेस–एमाले बीच भएको सहमती राष्ट्रिय सहमती हो वा अराष्ट्रिय सहमती छुट्याउन नसकेको बताउनुभएको छ ।


सोमवार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद थापाले यस्तो बताउनुभएको हो । उहाँले वर्षमा चार पटक सरकार बदल्ने र जुन सरकारलाई पनि राष्ट्रिय सरकार भन्ने गरिएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो । उहाँले ३ महिना पनि नचल्ने सरकार राष्ट्रिय सरकार हो भनि प्रश्न गर्नुभयो । उहाँले यसप्रकारले देशलाई माथि लैजाने हो कि समाप्त पार्ने हो भनेर पनि प्रश्न गर्नुभयो । 
उहाँले भन्नुभयो – ‘दुई चार दिनको संसद दोहोरी हो कि जस्तो लाग्छ । गित गाउँदैमा संसदको यो अवधि जाने हो कि ? वर्षमा ३÷४ चोटी सरकार नै बदल्ने । जहिले पनि राष्ट्रिय सरकारका कुरामात्रै आउँछन् । बनाउँदा राष्ट्रिय सरकार, काम गर्दा ३ महिना नचल्ने के सरकार हो त्यो ? यस्तो तरीकाले राष्ट्रिय हुने हो कि ? काम भएन भने अराष्ट्रिय हुन्छ कि ? यो के हो ? यो विधि प्रक्रियामा कमसेकम एकप्रति अर्काको विश्वास नै नरहने, एकले अर्काले खेलाइरहने, एकले अर्कालाई गालि गरिरहने । तत्काल सरकारमा सहभागी भए बडा गज्जबको पार्टनर भन्ने । अलिकति पर जानसाथ त्यसैको विरोध गर्नुपर्ने । अनि यो देशको दुर्भाग्य हो कि ? देशलाई माथि लाने हो कि ? देशलाई समाप्त पार्ने हो ? राष्ट्रिय सहमती हो कि अराष्ट्रिय सहमती हो थाहा भएन ।’


त्यस्तै बैठकमा बोल्दै जनता समाजवादी पार्टीकि सांसद सुशिला श्रेष्ठले चुरे दोहन र डोजरे विकासका कारण प्राकृतिक प्रकोपहरु आइरहेका बताउनु भयो । उहाँले विकास निर्माणको काम गर्दा आगामी दिनमा हुनसक्ने क्षतिबारे ध्यान दिएर काम गर्नुपर्ने बताउनु भयो । 
उहाँले भन्नुभयो – ‘देश जलवायु परिवर्तनको जोखिममा रहेको छ । प्राकृतिक प्रकोपहरु निम्त्याउनका लागि मुल कारण चुरे दोहन र डोजरे विकास हो भन्ने मलाई लाग्छ । त्यसो भएको हुनाले विकास गर्दाखेरी सरकारले जनहितकारी सोँच बनाएर, कहाँ क्षति हुन्छ, हुँदैन भनेर ध्यान दिएर विकास गर्नुपर्छ ।’ 


बैठकमा बोल्दै जनमत पार्टीका सांसद अब्दुल खानले सरकारले आम्दानीको तुलनामा खर्च कम हुने योजना अगाडी सार्नुपर्ने बताउनु भयो । उहाँले देशका आर्थिक कार्यविधि ऐन २०५५ र आर्थिक कार्यविधि नियमावली २०६४ लाई संशोधन गरी आर्थिक रुपमा देशलाई अगाडी बढाउनुपर्ने बताउनु भयो । 
उहाँले भन्नुभयो – ‘वचत बजेटको सिद्धान्त अवलम्वन गरी सरकारले आम्दानीको तुलनामा कम खर्च योजना अगाडी सार्नुपर्दछ । अर्थात व्यवस्थामा मुद्रास्फिर्ति घटाउने योजना अवलम्वन गर्नुपर्छ । आर्थिक कार्यविधि ऐन २०५५, आर्थिक कार्यविधि नियमावली २०६४ लाई समयानुकुल परिवर्तन गरी संशोधन गर्नुपर्छ र देशलाई आर्थिक रुपमा अगाडी बढाउनुपर्छ ।’


सांसद खानले देशमा आर्थिक असमानता भएको भन्दै आर्थिक असमानतालाई हटाउनुपर्नेमा जोड दिनुभयो ।

[adrotate banner= “6”]

[adrotate banner= “5”]

[adrotate banner= “4”]

Previous Post

प्रभु साहको आरोपः सरकार आफैँ हुण्डी कारोबारमा संलग्न छ

Next Post

प्रेम सुवालको टिप्पणीः हालसम्मको सत्ता समिकरण माटोको फुटेको भाँडो जस्तो मात्रै भयो

Next Post

प्रेम सुवालको टिप्पणीः हालसम्मको सत्ता समिकरण माटोको फुटेको भाँडो जस्तो मात्रै भयो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन