• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

अदालतले मागेको धरौटी रकम बुझाएर रवि लामिछाने रिहा

नीतिप्रेस by नीतिप्रेस
January 15, 2025
in नेपाली समाचार आजको, राजनीति, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछाने रिहा भएका छन् । बुधबार जिल्ला अदालत काठमाडौँमा ६० लाख धरौटी बुझाएर उनी रिहा भएका हुन् । लामिछानेले प्रभु बैंकको बैंक ग्यारेन्टी धरौटीको रुपमा बुझाएका थिए । योसँगै लामिछानेले अब हिरासत बाहिर बसेर नै मुद्दाको पुर्पक्ष गर्न पाउने भएका छन् ।

यसअघि लामिछानेलाई जिल्ला अदालत काठमाडौंले ६० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । काठमाडौंस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलन मुद्दाको थुनछेक बहसपछि न्यायाधीश माधवप्रसाद अधिकारीले इजलासले उनलाई ६० लाख रुपैयाँ धरौटी लिएर छाड्न आदेश गरेको हो ।

लामिछाने यसअघि सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतमा ६५ लाख धरौटी बुझाएर गत बिहीबार मात्र रिहा भएका थिए । कास्की जिल्ला अदालतको आदेशपछि प्रहरीले काठमाडौं जिल्ला अदालतमा उपस्थित हुने गरी परिवारको जिम्मा लगाएको थियो ।

उनी आइतबार काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका थिए । त्यसअघि उनी ८४ दिनदेखि प्रहरी हिरासतमा थिए । स्वर्णलक्ष्मी सरकारीको रकम अपचलन गरेको अभियोगमा लामिछानेसहित ३९ जनालाई प्रतिवादी बनाइएको छ ।

यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध अदालतमा बहस गरेकै कारण उनका कार्यकर्ताले वरिष्ठ अधिवक्तामाथि आक्रमण गरेका छन् । काठमाडौँ जिल्ला अदालत बाहिर वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि रास्वपा समर्थकले आक्रमण गरेका हुन् ।

आक्रमणमा संलग्न आरोपमा दोलखा घर भएका ललितकुमार केसीलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले बताए ।

वरिष्ठ अधिवक्ता त्रिपाठीले मङ्गलबार र बुधबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा बहस गरेका थिए । बहसमा उनले रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न भएको जिकिर गरेका थिए । बुधवार उनले रवि तर्फका कानुन ब्यवसायीले गरेको बहसको जवाफ दिएका हुन् ।

जवाफी बहस सकेर अदालतबाट बाहिर निस्केपछि रवि समर्थकले उनको झोला तानेर आक्रमण प्रयास गरेका थिए । तर, प्रहरीले उनलाई तत्काल उद्धार गरेको छ । प्रहरी वृत्त सिंहदरबारका डीएसपी गंगा पौडेल नेतृत्वको टिमले आक्रमणकारीलाई नियन्त्रणमा लिएर त्रिपाठीमाथि कुटपिट हुनबाट जोगाएका हुन् ।

पीडितको पक्षमा बहस पैरवी गर्ने कानुन व्यवसायीमाथि आक्रमण गर्ने काम ‘आपराधिक उपद्रव’ भएको अर्का वरिष्ठ अधिवक्ता डा.सुरेन्द्र भण्डारीले बताए ।

Previous Post

भिरबाट लडेर ३३ वर्षीया संगीताको मृत्यु

Next Post

नागीधार महोत्सवको तयारी पूरा

Next Post

नागीधार महोत्सवको तयारी पूरा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन