Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

सांसदहरु निजी काममा बढी सक्रिय हुँदा कानून निर्माणमा ढिलाई भइरहेको छः सभामुख

नीतिप्रेस by नीतिप्रेस
December 16, 2024
in नेपाली समाचार आजको, समाचार
0
सांसदहरु निजी काममा बढी सक्रिय हुँदा कानून निर्माणमा ढिलाई भइरहेको छः सभामुख
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

[adrotate banner= “3”]

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले ऐन तथा कानून निर्माणको सवालमा संसदीय समिति र सांसदहरुले जागरुकताका काम गनुपर्ने बताउनुभएको छ ।


सोमवार काठमाडौंमा आयोजित ‘संसदीय पत्रकारिता अवधारणा र अभ्यास’नामक पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै सभामुख घिमिरेले यस्तो बताउनुभएको हो । उहाँले सांसदहरु निजी र निर्वाचन क्षेत्रको काममा बढी जाने गरेका कारण संसदीय समितिमा कोरम नपुग्ने समस्या रहेको बताउनु भयो । उहाँले सांसहरु संसदप्रति उत्तरदायी नभएको टिकाटिप्पणीहरु भइरहेको उल्लेख गर्दै संसद र समितिहरुलाई प्रभावकारी बनाउन सबै संसदहरुले भुमिका खेल्न जरुरी रहेको बताउनु भयो । उहाँले संघीयता कार्यान्वयनको सवालमा प्रश्नहरु उठिरहेको उल्लेख गर्दै संघीयता कार्यान्वयनका लागि आवश्यक पर्ने कानून निर्माण गर्न निरन्तर छलफल गरिरहेको बताउनु भयो । उहाँले विद्यालय शिक्षा विधेयक र संघीय निजामति विधेयक छिटो ल्याउन आफूले निरन्तर निर्देशन दिइरहेको बताउनु भयो । उहाँले संसदीय समितिहरुमा धेरै विधेयक नभए पनि संसदहरुको ध्यान नपुग्दा कानून निर्माणमा ढिलाई भइरहेको बताउनु भयो । 
सभामुख घिमिरेले भन्नुभयो, ‘संसदीय अभ्यासमा विधेयकबाट कानून बनाउने सवालमा संसदीय समितिहरु हुन्छन् ति समितिहरु अहिले पनि कार्यरत छन् । अहिले हाम्रो समितिमा पर्याप्त विधेयकहरु छैनन् तथापि १५÷२० वटा विधेयकहरु समितिको छलफलको क्रममा छन् । ति विधेयकहरुमाथि छलफल नै अगाडि बढेन । समितिको कोरम नै पुगेन । र सांसहरु संसदप्रति उत्तरदायी भएनन् भनेर बाहिर टिकाटिप्पणीहरु भइरहेका छन् । यसका लागि सिंगो संसद र सभामुखको नाताले प्रतिनिधि सभाका यी समितिहरुप्रति मेरो ध्यान गएको छ । समितिहिरुलाई नियमति ढंगबाट सञ्चालन गर्नका लागि पटकपटक भन्दै आएको छु । त्यसमा पनि अहिले विधवत रुपमा संविधान संशोधनको कुराहरु आइनसकेको छ । त्यसको अवधारणाबारे छलफल नभएको बेलामा पनि सरकार गठन सन्दर्भमा, समिकरण परिवर्तनको सन्दर्भमा संसदभित्रैबाट यी कुराहरु आइरहेको समयमा यी समितिहरुलाई नियमित ढंगबाट सञ्चालन गर्ने र त्यसलाई प्रणालीभित्र लैजाने विषयमा मैले दलीय रुपमा र समिति सभापतिसँग बसेर छलफल गरेको छु । संघीयतामा चारैतिरबाट प्रश्न उठेका बेला संघीयतालाई आवश्यक पर्ने विधेयकहरु ल्याउन छलफल गरिरहेको छु । त्यसमा पनि विद्यालय शिक्षा विधेयक, शिक्षा समितिमा छलफलमा छ, त्यसलाई भइरहेका समस्याहरु के हुन् मैले बारम्बार निर्देशित गर्ने काम गरेको छु । त्यसैगरी निजामति सेवा विधेयकलाई सम्पन्न गर्नको लागि सम्बन्धित समितिलाई भनिरहेको छु । अहिले पूर्वाधार विकास समितिमा केही मात्र विधेयकहरु छन् । ति विधेयकहरुलाई संसद चल्नुभन्दा पहिले प्रतिवेदन दिने सहमति गर्नुभएको छ । संसदहरु निजी र निर्वाचन क्षेत्रको काममा बढी जाने संसदीय गतिविधिमा कम आउने, समितिहरुमा कोरम नपुग्ने, समितिलाई महत्व नदिने, ऐन कानूनहरु बनाउने कुरामा संसदहरुले ध्यान दिनुभएको छैन भन्ने बाहिर परिरहेको छ । यो बाहिर पनि केही समस्याहरु छन् ।’


उहाँले संसदीय पत्रकारिताले संसदमा भएका समस्याहरु र त्यसको महत्व उजागर गर्न महत्वपूर्ण भुमिका खेल्दै आएपनि पछिल्लो समय पत्रकारिता क्षेत्रमा गर्न नहुने क्रियाकलापहरु बढ्दै गएको बताउनु भयो । सञ्चार क्षेत्रले समाचार संप्रेषणका क्रममा सहि सूचनालाई सही ढंगले संप्रेषण गर्नुपर्नेमा जोड दिनुपर्ने उहाँको भनाइ छ । उहाँले संसदीय गतिविधि, संसदका समस्याहरुलाई पत्रकारिता क्षेत्रबाट उजागर भएपछि मात्र सच्याउन सकिने भएकाले संसद सेवालाई प्रभावकारी बनाउन संसदीय पत्रकारितालाई प्रभावकारी बनाउन आवश्यक रहेको बताउनु भयो । 
सभामुख घिमिरेले भन्नुभयो, ‘संसदीय गतिविधिहरुलाई जनताको बीचमा लग्ने कुरामा र हाम्रा गतिविधिहरु देखाउने कुरामा संसदीय पत्रकारिताको माध्यमबाट सहयोग पनि पुगेको छ । कतिपय त्यहाँ भइरहेका गतिविधिहरुले गर्दाखेरि नहुनुपर्ने कुराहरु पनि भइरहेका छन् । यसले अपm्ठ्यारो सिर्जना पनि गरेको छ । यसलाई नियन्त्रित र व्यवस्थित ढंगबाट अगाडि बढाउने कुराहरु आईरहेको छ । संसदका गतिविधिहरु र समस्याहरुलाई पत्रकारिताको क्षेत्रबाट आएपछि सच्याउन सकिन्छ भन्ने दृष्टान्तहरु आइरहेका छन् । संसदका समस्यहरुलाई चिन्ने र सांसदहरुले के गर्न हुन्छ  ? के गर्नु हुदैन ? भन्ने कुरामा महत्वपूर्ण भुमिका खेलेको छ । संसदीय परिपाटीमा संसदको गरिमा उच्च र प्रभावकारी बनाउने प्रयासमा हामी लागेका छौं । संसदका गतिविधिहरु संप्रेषण मात्र नभई लवि पत्रकारिताको नियमावली प्रवन्ध गरेका छौं । त्यका लागि कार्यविधि पनि बनाएका छौं । तर यसका लागि भौतिक अवस्था र समितिमाथि भइरहेका बहसमा लवि पत्रकारिता गर्दा समस्याहरु आउने रहेछन् । संसदीय पत्रकारितालाई व्यवस्थित बनाउनुपर्ने बेला भएको छ । यसको गम्भिर समिक्षा  गर्न जरुरी छ । त्यहाँ नहुनुपर्ने गतिविधिहरु भइरहेको हुनाले व्यवस्थित बनाउन जरुरी छ । मलाई पत्रकारितालाई नियमन गर्न सुझाव पनि आएको छ ।’


लोकतन्त्र र संसदीय व्यवस्थालाई बलियो र प्रभावकारी बनाउन संसदीय पत्रकारितालाई प्रभावकारी बनाउन जरुरी रहेको उहाँको भनाइ छ । 

[adrotate banner= “4”]

[adrotate banner= “5”]

[adrotate banner= “6”]

Previous Post

सुशासन कायम गर्नेकुरा सरकारको मुख्य लक्ष्यः सञ्चारमन्त्री गुरुङ

Next Post

उपसभामुख रानाको आग्रहः नागरिकमा नकारात्मक प्रभाव पर्नेगरी समाचार संप्रेषण नगरौं

Next Post
उपसभामुख रानाको आग्रहः नागरिकमा नकारात्मक प्रभाव पर्नेगरी समाचार संप्रेषण नगरौं

उपसभामुख रानाको आग्रहः नागरिकमा नकारात्मक प्रभाव पर्नेगरी समाचार संप्रेषण नगरौं

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन