Latest
सन्दर्भः संविधान दिवस (माधव नेपाल)
संसद सुचारु हुने रास्वपाको विश्वास
Next
Prev

हिमाली जिल्लाको आर्थिक वर्ष कार्तिक र मंसिरबाट शुरु गर्नुपर्छः ज्ञानबहादुर शाही

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले हिमाली जिल्लाको आर्थिक वर्ष कार्तिक र मंसिरबाट शुरु गर्न माग गर्नुभएको छ । 


बिहीवारको प्रतिनिधि सभा बैठकमा आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकताबारे छलफलमा भाग लिँदै उहाँले यस्तो माग गर्नुभएको हो । उहाँले असारमा आर्थिक वर्ष राख्दा विकास निर्माणका नाममा पठाइएको बजेट खर्च नहुने भएकाले कार्तिक र मंसिर महिना हिमाली जिल्लाको आर्थिक वर्ष बन्नुपर्ने बतउनु भयो । उहाँले कार्तिक र मंसिर महिना हिमाली जिल्लाको आर्थिक वर्ष भएमात्रै बजेट खर्च गर्न सकिने स्थिति रहेको जिकिर गर्नुभयो । 


उहाँले भन्नुभयो, ‘म जुम्लाको जुम्ली हो । हिउँ पर्छ जुम्लामा अहिले पनि । जब विकास निर्माणको काम मंसिरबाट शुरु हुन्छ, मंसिर र कार्तिकबाट शुरु हुँदा हाम्रो जुम्लामा हिउँ परेर बस्न हुँदैन । अस्ति भर्खर हिउँ परेको छ । असारसम्म जाँदा बजेट खर्च गर्न पाइँदैन, जति पैसा हालेको भएपनि त्यो खर्च हुन सक्दैन । अब आउने बजेटमा सिंगो नेपालको तराई र पहाड भएको आर्थिक वर्ष असार महिनामा हुन्छ भने हिमाली जिल्लाको आर्थिक वर्ष कार्तिक र मंसिरमा गर्नुप¥यो । त्यो भए हामीले खर्च गरेको बजेट चलाउन सक्छौँ । यो कुरा अर्थमन्त्रीले गर्नुहुन्छ भन्ने म धारणा राख्न चाहन्छु ।’ 


उहाँले प्रदेश संरचना खारेज गर्नुपर्नेमा जोड दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist