Latest
हरितालिका तिजमा पशुपतिमा व्रतालु महिलाको भीड
Next
Prev

रुसमा राष्ट्रपतीय निर्वाचनको मतदान शुरु

रुसमा राष्ट्रपतीय निर्वाचनको मतदान शुरु भएको छ ।

रुसी मतदाताहरूले स्थानीय समयअनुसार शुक्रवार बिहान ८ बजेदेखि सुदूरपूर्व क्षेत्रमा कामचटका, चुकोटका र अन्य क्षेत्रहरूमा सन् २०२४ को राष्ट्रपतीय निर्वाचनका लागि मतदान गर्न शुरु गरेका हुन् । शीर्ष पदका लागि चार उम्मेद्वारहरू प्रतिस्पर्धा गर्नेछन् । लिबरल डेमोक्रेटिक पार्टीका लियोनिद स्लुत्स्की, रुसी कम्युनिष्ट पार्टीका निकोलाई खारिटोनोभ, न्यु पिपुल पार्टीका भ्लादिस्लाव दाभान्कोभ र वर्तमान राष्ट्रपति तथा स्वतन्त्र उम्मेदवार भ्लादिमिर पुटिन रहनुभएको छ ।

रुसले बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म सञ्चालन हुने ९० हजारभन्दा बढी मतदान केन्द्र स्थापना गरेको छ । धेरै समय क्षेत्रहरूमा रूसको विशाल विस्तारलाई ध्यानमा राख्दै, सुदूर पूर्व क्षेत्रमा अवस्थित कामचटका र चुकोटका मतदान शुरु गर्ने पहिलो क्षेत्रहरू हुन् । रूसको पश्चिमी छेउमा अवस्थित कालिनिनग्रादका मतदान केन्द्रहरू मतदान शुरु गर्ने अन्तिम क्षेत्र भएको छ ।

रुसी केन्द्रीय निर्वाचन आयोगले जारी गरेको तथ्याङ्क अनुसार विदेशमा बस्ने १८ लाखभन्दा बढी सहित करिव ११ करोड रूसी नागरिक मतदान गर्न योग्य छन् । रुसको राष्ट्रपति निर्वाचन नियमावली अनुसार ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्ने उम्मेदवारले विजय सुनिश्चित गर्नेछ । दुई भन्दा बढी उम्मेदवार रहेका र कसैले पनि ५० प्रतिशत मत नपुगेको अवस्थामा केन्द्रिय निर्वाचन आयोगले शिर्ष दुई उम्मेदवारका लागि दोस्रो चरणको मतदान घोषणा गर्नेछ । दोस्रो चरणमा सबैभन्दा बढी मत ल्याउने उम्मेदवार राष्ट्रपतिमा निर्वाचित हुनेछन् । रूसी केन्द्रीय निर्वाचन आयोगले मार्च २८ भन्दा पछि चुनाव परिणामहरू पुष्टि गर्नेछ र त्यसपछि पुष्टि भएको तीन दिन भित्र परिणामहरू घोषणा गर्नेछ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist