पहिलो सहायता जहाज साइप्रस–गाजा मानवीय सामुन्द्रिक कोरिडोरमार्फत गाजापट्टी पुगेको छ ।
प्यालेस्टिनी एन्क्लेभको तटमा पुगेर सहायता सामग्रीहरु प्रदान गरिएको बताइएको छ ।
जहाजमा रहेको २०० टन मानवीय सहायता वल्र्ड सेन्ट्रल किचेनका कामदारहरूले प्राप्त गरेका थिए ।
जसले खाद्यान्न अभावको चपेटामा परेका स्थानीय जनतालाई वितरण गर्न सहज बनाउनेछ ।