Latest
हरितालिका तिजमा पशुपतिमा व्रतालु महिलाको भीड
Next
Prev

होलि स्पेशल : कुन राशिलाई कुन रङ शुभ ?

आज होली पर्व ।

होलीको लागि पूजा सामग्री र पूजा विधि ।

नेपालमा तराई क्षेत्रमा दुई दिन तथा अन्य क्षेत्रमा आज होली मनाइन्छ।  

होलिका दहनको कथाअनुसार रंगहरुको पर्व होली मनाइन्छ । 

होलीको दिन भगवान विष्णुको पूजा गर्नु निकै शुभ मानिन्छ ।

यसका लागि बिहान उठेर नुहाउने /स्नान गर्ने आदि गर्नुपर्छ ।

त्यसपछि आफ्नो प्रिय देवता र भगवान विष्णुको उचित विधिपूर्वक पूजा गर्नुहोस्।

उनीहरूलाई अबिर, अगरबत्ती तथा अन्य फलफूलहरू चढाउनुहोस्।

त्यसपछि आरती गर्नुहोस् र होलिका दहनको कथा पढ्नुहोस्।

त्यसपछि घरका सदस्यहरूलाई पहिले रंग लगाउनु होस्। बुढापाकाको आशीर्वाद लिनुहोस् र सबैसँग होली खेल्नुहोस्।

कुन राशिलाई कुन रङ शुभ ?


मेष:  मेष राशिको स्वामी मंगल ग्रह हो। मेष राशिका मानिसहरुको शुभ रंग रातो हुन्छ । हाल मेष राशिमा गुरू बृहस्पति छन् भने बृहस्पतिको घरमा सुर्य बुध राहु छन् । यस अवस्थामा रातो, पहेलो, वैजनी रंग राम्रो हुनेछ। रातो रंग प्रेम र ऊर्जा को प्रतीक हो। मेष राशिका व्यक्तिहरुका लागि यो रंग शुभ रहनेछ । यस्तो अवस्थामा यो रंगको साथ होली खेल्नु तपाईंको लागि राम्रो हुनेछ।


वृष:  यस राशिको स्वामी शुक्र हो, त्यसैले यो राशिको लागि शुभ रंग सेतो हुनेछ। शुक्र हाल मंगल र शनीको साथमा कुम्भ राशिमा छन् । यस राशिलाई कालो र हल्का नीलोको साथमा आज रातो रंग पनि लागि राम्रो साबित हुनेछ। सेतो रंगले यस राशिका व्यक्तिहरूलाई सुख शान्ति प्रदान गर्नेछ।


मिथुन: यस राशिको स्वामी बुध ग्रह हो, त्यसैले यस राशिका व्यक्तिहरुका लागि हरियो रंग धेरै भाग्यशाली साबित हुनेछ। यस राशिका स्वामी बुध हाल बृहस्पतिको घरमा सुर्य र राहुको साथमा छन् । हरियोको साथमा पहेलो र रातो पनि यस राशिलाई शुभ छ । हरियो रंगले तपाईमा सकारात्मक प्रभाव पार्छ। मिथुन राशिका लागि यो रंग शुभ मानिन्छ ।





कर्कट: कर्कट राशिको स्वामी चन्द्रमा हो। चन्द्रमाले मन र भावनालाई नियन्त्रण गर्ने काम गर्छ, त्यसैले यस राशिको शुभ रंग सेतो हो। हाल चन्द्रमा केतुको साथमा बुधको घरमा छन् । सेतो तथा हरियो रंगको साथ होली खेल्नु तपाईंको लागि धेरै लाभदायक हुनेछ।

सिंह: यस राशिको स्वामी सूर्य हो। यो ग्रहलाई सफलताको प्रतीक मानिन्छ। यस राशिका मानिसका लागि शुभ रंग गाढा रातो, सुन्तला, पहेँलो र सुनौलो हुन्। हाल सुर्य बुध र राहुको साथमा वृहस्पतिको घरमा छन् । यस्तो अवस्थामा होलीको दिन रातो, सुन्तला, पहेँलो र सुनौलो तथा हरियो  रङहरू प्रयोग गर्नुहोस्, यसले तपाईंलाई मानसिक आनन्द प्रदान गर्नेछ।



कन्या: कन्या राशिको शुभ रंग गाढा हरियो हो। यस राशिमा चन्द्र र केतु छन् । यसका स्वामी बुध हाल बृहस्पतिको घरमा सुर्य र राहुको साथमा छन् ।  सेतो पनि यस राशिलाई शुभ छ । हरियो रंगलाई सुख र समृद्धिको प्रतीक मानिन्छ । यसका साथै निलो रंग पनि यस्ता व्यक्तिका लागि राम्रो मानिन्छ । यस्तो अवस्थामा हरियो र निलो दुवै रंगमा होली खेल्न सकिन्छ ।

तुला: यस राशिको स्वामी शुक्र हो, त्यसैले यस राशिका लागि शुभ रंग सेतो र हल्का पहेँलो हुन्छ। शुक्र हाल मंगल र शनीको साथमा कुम्भ राशिमा छन् । यस्तो अवस्थामा तुला राशिका व्यक्तिले पहेँलो, तथा निलो रंगले होली खेल्नु राम्रो हुन्छ।

वृश्चिक: यस राशिको स्वामी मंगल ग्रह हो, त्यसैले यस राशिका मानिसका लागि रातो र मरुन रंग निकै शुभ मानिन्छ । यो शुभ रंगको प्रयोग वृश्चिक राशिका लागि निकै लाभदायक साबित हुन्छ । यस रंगको प्रयोगले हरेक कठिन परिस्थितिबाट बाहिर आउन मद्दत गर्दछ।

धनु: यस राशिको स्वामी बृहस्पति हो। बृहस्पतिको शुभ रंग पहेंलो हो।  हाल बृहस्पतिको अर्को घर मिन राशिमा सुर्य, बुध र राहु छन् । यो राशिका व्यक्तिहरूले होली खेल्दा पहेंलो रंगको बढि प्रयोग गर्नुपर्छ। यसबाट धनु राशिका व्यक्तिहरूलाई फाइदा हुनेछ र उनीहरूले आफ्नो मनमा सुख र शान्तिको अनुभूति गर्नेछन्।

मकर राशि: यस राशिको स्वामी शनि हो। शनि ग्रहको स्वामी भएकाले यस राशिको शुभ रंग कालो वा गाढा नीलो हो। मकर राशिका मानिसका लागि मरुन रंग पनि राम्रो मानिन्छ । यस्तो अवस्थामा यसको प्रयोगले तपाई हरेक नकारात्मक उर्जाबाट टाढा रहन सक्नुहुन्छ ।

कुम्भ राशि: यस राशिको स्वामी शनि हो, त्यसैले यस राशिको शुभ रंग कालो वा गाढा नीलो पनि मानिन्छ। कुम्भ राशिका व्यक्तिहरुका लागि यी रंगहरुको प्रयोग गर्नु लाभदायक हुनेछ । यस राशिका स्वामी शनी हाल शुक्र र मंगल साथमा आफ्नै घर कुम्भ राशिमा छन् ।

मीन: यस राशिको स्वामी बृहस्पति हो। बृहस्पतिको शुभ रङ्ग पहेँलो हुने भएकाले मीन राशिका मानिसहरुका लागि पहेँलो रंग निकै लाभदायक हुन्छ । यो रंगले तपाईको जीवनमा शुभ ल्याउँछ र तपाईलाई हरेक प्रकारको समस्याबाट टाढा राख्छ।  हाल बृहस्पतिको अर्को घर मिन राशिमा सुर्य, बुध र राहु छन् ।

रंगीन पर्व होलिलाई रमाईलो साथ मनाउनुहोला । सबैलाई शुभकामना।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist