जोर्डनका राजा अब्दुल्लाह द्वितीयले क्षेत्रीय घटनाक्रमले सुरक्षा र स्थायित्व खतरामा परेको भन्दै चिन्ता व्यक्त गर्नुभउको छ । जारी क्षेत्रीय घटनाक्रमले क्षेत्रीय सुरक्षा र स्थायित्वलाई खतरामा पार्ने गरी थप तनाव निम्त्याउन सक्ने बताउनु भयो । जोर्डनको राजधानी अम्मानमा भ्रमणमा रहनुभएका इराकी राष्ट्रपति अब्दुल लतिफ रशिदसँगको भेटमा उक्त टिप्पणी गर्नुभएको हो । जसमा दुई नेताहरूले यस क्षेत्रको वर्तमान घटनाक्रमबारे छलफल गर्नुभएको थियो । दुवै नेताहरूले गाजामा आक्रमण रोक्न र प्यालेस्टाइन समस्याको न्यायसंगत समाधानतर्फ काम गर्ने, प्यालेस्टाइनी जनताको वैधानिक अधिकार सुनिश्चित गर्न र यस क्षेत्रमा हिंसाको चक्र अन्त्य गर्ने आवश्यकतामा जोड दिनुभयो । दुवै नेताले वेस्ट बैंकमा प्यालेस्टाइनीहरू विरुद्ध अतिवादी बसोवास गर्नेहरूले गरेको हिंसा र जेरुसेलमका पवित्र स्थलहरूको उल्लंघनको पनि निन्दा गर्नुभयो । राजाले गाजामा नागरिकहरूको सुरक्षा गर्न र सबै उपलब्ध साधनहरू प्रयोग गरी स्ट्रिपमा मानवीय सहायताको प्रावधान बढाउने आवश्यकतालाई जोड दिनुभयो ।