Latest
देशको अवस्था बदल्नुपर्छः प्रधानमन्त्री ओली
महानगर आफैँ डुबानमा
Next
Prev

जोर्डनका राजाको चिन्ताः क्षेत्रीय घटनाक्रमले सुरक्षा र स्थायित्व खतरामा पर्दैछ


जोर्डनका राजा अब्दुल्लाह द्वितीयले क्षेत्रीय घटनाक्रमले सुरक्षा र स्थायित्व खतरामा परेको भन्दै चिन्ता व्यक्त गर्नुभउको छ । जारी क्षेत्रीय घटनाक्रमले क्षेत्रीय सुरक्षा र स्थायित्वलाई खतरामा पार्ने गरी थप तनाव निम्त्याउन सक्ने बताउनु भयो । जोर्डनको राजधानी अम्मानमा भ्रमणमा रहनुभएका इराकी राष्ट्रपति अब्दुल लतिफ रशिदसँगको भेटमा उक्त टिप्पणी गर्नुभएको हो ।  जसमा दुई नेताहरूले यस क्षेत्रको वर्तमान घटनाक्रमबारे छलफल गर्नुभएको थियो । दुवै नेताहरूले गाजामा आक्रमण रोक्न र प्यालेस्टाइन समस्याको न्यायसंगत समाधानतर्फ काम गर्ने, प्यालेस्टाइनी जनताको वैधानिक अधिकार सुनिश्चित गर्न र यस क्षेत्रमा हिंसाको चक्र अन्त्य गर्ने आवश्यकतामा जोड दिनुभयो । दुवै नेताले वेस्ट बैंकमा प्यालेस्टाइनीहरू विरुद्ध अतिवादी बसोवास गर्नेहरूले गरेको हिंसा र जेरुसेलमका पवित्र स्थलहरूको उल्लंघनको पनि निन्दा गर्नुभयो । राजाले गाजामा नागरिकहरूको सुरक्षा गर्न र सबै उपलब्ध साधनहरू प्रयोग गरी स्ट्रिपमा मानवीय सहायताको प्रावधान बढाउने आवश्यकतालाई जोड दिनुभयो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist