• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

महिलालाई राज्यका प्रणालीहरुमा मुख्य जिम्मेवारी दिनुपर्छः पूर्वसभामुख घर्ती

नीतिप्रेस by नीतिप्रेस
November 27, 2024
in नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

[adrotate banner= “3”]

पूर्वसभामुख तथा नेकपा (माओवादी केन्द्र) की नेतृ ओनसरी घर्तीले महिलाहरुलाई राज्यका हरेक निकायहरुको मुख्य जिम्मेवारी दिने वातावरण बनाउनुपर्ने बताउनुभएको छ ।

.
मंगलवार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले महिलाहरुले अझै पनि राज्यका निकायहरुमा मुख्य जिम्मेवारी नभई कसैको सहयोगीको रुपमा जिम्मेवारी वहन गर्नुपर्ने स्थिति रहेको बताउनुभएको हो । मुख्य जिम्मेवारी दिइएको ठाउँमा पनि महिलाको क्षमतामाथि शंका उपशंका गर्ने गरेको उहाँको भनाइ छ । उहाँले आफू सभामुख रहँदा तत्कालिन मन्त्री र राजनीतिक दलहरुले नै आफ्नो क्षमतामाथि आंशका गर्दा डर पैदा गराएको भएपनि आफ्नो जिम्मेवारी प्रभावकारी रुपमा निर्वाह गरेको बताउनु भयो । महिलाहरुमाथि मानसिक समस्याहरु सिर्जना गर्ने वातावरणको अन्त्य गरी महिलाहरुका लागि राज्यका हरेक निकायहरुमा ढोका खोल्न आफू केही हदसम्म सफल रहेको उहाँको दाबी छ । 
उहाँले भन्नुभयो, ‘आज पनि महिलाहरुलाई समाज र राज्यका प्रणालीहरुमा जिम्मेवारी दिइँदैन । दिएपनि ‘सह’ जिम्मेवारी दिइन्छ । कसैको सहयोगिको रुपमा जिम्मेवारी दिने गरिन्छ, मुख्य जिम्मेवारी होइन । मुख्य जिम्मेवारी दिइएको ठाउँमा पनि यसले सक्छ र ? भनेर शंका र उपशंकाहरु गर्ने गरिन्छ । म सभामुख भए । सबैभन्दा उच्च ओहोदाको कार्यकारी पद हो सभामुख चलाएँ । त्यतिबेला राष्टिय सभा र प्रतिनिधि सभा थिएनन् । त्यतिबेला व्यवस्थापिका संसद् थियो । मलाई त एकप्रकारको चुनौती थियो नै । तर तत्कालिन मन्त्री साथीहरुले यो संसद कस्तो होला ? कसरि अगाडि बढ्ला ? यस्तो पनि निर्णय गर्ने हो राजनीतिक दलहरुले प्रश्न उठाए । उहाँहरुले मेरो शैक्षिक योग्यतामाथि पनि प्रश्न उठाए । पछि मैले सभामुख सम्हालिसकेपछि कक्षा १२ सम्म पढे । अहिले त बेचुलरको फाइनल परीक्षा दिएँ । अनि परीक्षा दिँदा म्याम आफैं लेख्ने हो कि लेख्ने मान्छे चाहिन्छ भनेर सोध्नुभयो । मलाई त केही नजान्ने अनपढ भनेर प्रचार गरिएको रहेछ । महिलामाथि यसरि हिंसा हुन्छ । त्यसैले मैले आम नेपाली महिलाको हैसियतले सबै महिलाहरुका लागि ढोका खोल्नको लागि प्रभावकारी रुपमा निभाए ।’


छोरी भएकै कारण समाजमा भोग्नुपरेका पीडा र समस्याहरुको अन्त्य गर्न आफू राजनीतिमा लागेको दाबी गर्दै उहाँले आउँदो पुस्ताले बिना संघर्ष बाँच्न पाउने वातारणको सिर्जना गर्न सबै लाग्न एकजुट भएर लाग्न आवश्यक रहेको बताउनु भयो । 
कार्यक्रममा नेकपा एमाले स्थायी कमिटी सदस्य विन्दा पाण्डेले महिलाहरुको क्षमतामाथि प्रश्न उठाउनुभन्दा उनीहरुको क्षमता विकासमा जोड दिन आवश्यक रहेको बताउनु भयो । उहाँले पटक पटकको आन्दोलनको उपलब्धी स्वरुप आज महिला अधिकार स्थापित भएको बताउँदै यसको स्वामित्व पनि सबैले पाउनुपर्ने बताउनु भयो । 
उहाँले भन्नुभयो, ‘हामीले जतिपनि आजसम्म उपलब्धीहरु हाँसिल गरेका छौं । आज सबै दलहरु एकजुट भए अगाडि बढिरहेका छौं । ति उपलब्धीहरुलाई महत्वपूर्ण रुपमा हेर्नुपर्दछ । २००९ सालमा सल्लाहकार परिषद् गठन हुँँदा महिला सहभागि शुन्य जस्तै थियो त्यतिबला नि आन्दोलन गरेपछि चार जना महिलाहरुलाई सहभागि गराइको हो । त्यपछि ०४६ सालमा पनि हामीले केही उपलब्धी प्राप्त गर्यौं । हामीले संविधानमा जतिपनि अधिकारहरु पाएका छौं । लिड रोल भित्र बस्नेले मात्र होइन हामी सबैको साझा आन्दोलनको उपलब्धी हो । यसको स्वामित्व पनि हामी सबैले लिन पाउनुपर्छ । पाइरहेका छौं । आजको दिनमा महिलामाथि सक्छन र भन्ने प्रश्न उठाइन्छ । त्यसकारण हामी सबैले महिलाको क्षमता विकास गर्नुप¥यो ।’


उहाँले आफूले अहिलेसम्म पाएको जिम्मेवारी कसैको भन्दा कमजोर नगरेको उल्लेख गर्दै सबै महिलाहरुले राज्यका हरेक निकायमा सहभागिका लागि अभ्यास गर्नुपर्ने बताउनु भयो । 

[adrotate banner= “4”]

[adrotate banner= “5”]

[adrotate banner= “6”]

Previous Post

समानता र समावेशी नीति अपनाएर धनी र गरीबबीचको खाडल मेट्नुपर्छः प्रधानमन्त्री ओली

Next Post

युवालाई दक्षताअनुसारको रोजगारी दिनुपर्छः सभापति देउवा

Next Post

युवालाई दक्षताअनुसारको रोजगारी दिनुपर्छः सभापति देउवा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन