इजरायलका मध्यवादी युद्ध क्याबिनेट मन्त्री बेन्नी गान्ट्जले आईतवार प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको आपतकालीन सरकारबाट राजीनामाको घोषणा गर्नुभएको छ । साथै नयाँ चुनावको लागि आह्वान गर्नुभएको छ । प्रतिक्रियामा नेतान्याहुले इजरायल धेरै मोर्चाहरूमा अस्तित्वको युद्धमा रहेको र यो अभियान छोड्ने समय नभएको बताउनुभएको छ । गान्ट्जले नेतन्याहूलाई युद्धविराम सम्झौतामा आफ्नो राजनीतिक अस्तित्वलाई प्राथमिकता दिएको आरोप लगाउनु भयो । नेतन्याहुको सरकार विरुद्ध बढ्दो सार्वजनिक विरोधको प्रतिध्वनि गर्दै गान्ट्जले नयाँ चरणको चुनावको लागि आह्वान गर्नुभयो ।