Latest
हरितालिका तिजमा पशुपतिमा व्रतालु महिलाको भीड
Next
Prev

आए त्यत्तिकै आइहाल्छ नत्र सरकारमा जाने हतारो छैनः शेखर कोईराला

नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले नेपाली काँग्रेसलाई सरकारमा जान हतार नभएको बताउनुभएको छ ।


बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले काँग्रेस अहिले प्रतिपक्षमा रहेकाले प्रतिपक्षको भुमिकालाई बलियो बनाएर जाने बताउनु भयो । उहाँले सरकारका लागि आफैँ प्रश्ताव आए जाने तर कोशिस गरेर मरिहत्ते नगर्ने जिकिर गर्नुभयो । उहाँले  क्रिमिनलाइजेशन इन पोलिटिक्स गम्भीर बनेको बताउनु भयो । उहाँले सहकारी मात्रै नभइ अन्य धेरै ठाउँहरुमा अख्तियार,निर्वाचन आयोग, सिआईबी लगायतले दुःख दिइरहेको बताउनु भयो । उहाँले दल फुटाउने, दुःख दिने, व्यक्तिलाई दुःख दिने काम गरेर अघि जान नसकिने बताउनु भयो । उहाँले सुशासनका कुरा, पारदर्शिताका कुरा, भ्रष्टाचारका कुरालाई छिनोफानो गरेर अघि जान नसकेसम्म देश बन्न नसक्ने बताउनु भयो । 
उहाँले भन्नुभयो, ‘अहिले देशको राजनीति अत्यन्तै तरल अवस्थाबाट गइरहेको छ । बैंकको तरलता जस्तो होइन, देशकै अवस्था तरलता छ । आठ वटा सरकार देखिरहनुभएको छ । सात वटा प्रदेशमा एउटा केन्द्रमा । आठ वटा सरकार छ, आठ वटा सरकार डेढ वर्षमा २३ पटक परिवर्तन भएछ । हामीले कस्तो संविधान बनाएछौँ, हामीहरुको कमी, कमजोरी हो की होइन ? राजनीतिक दलहरुले यो कुरालाई अत्यन्त गम्भीर रुपमा लिएर जानुपर्छ । यो अत्यन्त गम्भीर विषय हो । राजनीतिक स्थिरता वा सरकारको स्थिरता बिना जतिसुकै कुरा गरेर पनि आर्थिक स्थिरता र विकास हुन सक्दैन । राजनीतिक स्थिरता र सरकारको स्थिरता बिना सुशासन पनि हुन सक्दैन । यो यसरी एक दोस्रोसँग गाँसिएको छ, जबसम्म हामीले राजनीतिक र सरकारको स्थिरताका विषयलाई टुंगो लगाउन सक्दैनाँै, देश यस्तै घच्घचमा चलिरहेको हुन्छ । हामी विपक्षमा छाँै, हामीले विपक्षको भुमिका खेल्ने हो, सरकारमा जाने हामीलाई कुनै हतारो छैन । आउने भए त्यसै आउँछ, होइन भने कोशिस गरेर मरिहत्ते गरेर जसरी जान खोजिरहेका छौँ, अन्य दलहरु हामी छैनौँ । आदरणीय साथीहरु अहिले गम्भीर विषय के भएको छ, क्रिमिनलाइजेशन इन पोलिटिक्स । अत्यन्त गम्भीर भएर गइरहेको छ । तपाईंहरुले देखिरहनुभएको छ, सहकारी मात्रै होइन, अनि धेरै ठाउँहरुमा अनावश्यक हिसावले अख्तियारले, अनावश्यक हिसावले निर्वाचन आयोगले, सिआईबीले दुःख दिइरहेको छ । यो दुर्भाग्य हो, किन भइरहेको छ, यो कुरा राजनीतिक दलहरुको बीचमा छलफल हुन अत्यन्त जरुरी छ । केको लागि गरिरहेको छ । दल फुटाउने, दुःख दिने, व्यक्तिलाई दुःख दिने काम गरेर अघि जान सक्दैन । राजनीतिज्ञ, ब्युरोकेट्स र व्यपारी, व्यवसायीहरु एक ठाउँमा उभिसकेपछि त्यो अत्यन्त गाह्रो हुन्छ । जबसम्म हामीले सुशासनका कुरा, पारदर्शिताका कुरा, भ्रष्टाचारका कुरालाई छिनोफानो गरेर अघि जान सक्दैनौँ, तबसम्म यो देश अघि बढ्न सक्दैन । यो देशमा आर्थिक विकास हुन सक्दैन ।’


उहाँले अहिले देशको राजनीति अत्यन्तै तरल अवस्थाबाट गइरहेको बताउनु भयो । उहाँले आठ वटा सरकार डेढ वर्षमा २३ पटक परिवर्तन भएको भन्दै संविधानका बारेमा सबै राजनीतिक दलहरुले एक पटक गहन रुपमा छलफल गर्न आवश्यक रहेको बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist