Latest
हिसान कास्कीमा दिवाकर जैसीको नेतृत्व
भद्रकालीमा विश्वकर्मा पूजा गर्नेहरुको भीड
Next
Prev

भारतीय पर्यटकहरुलाई नेपालमा डाँकाको जस्तो व्यवहार गरियोः सांसद राणा

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद डा. धवलसमशेर जंगबहादुर राणाले भारतीय पर्यटकहरुलाई नेपालमा डाकाको जस्तो व्यवहार गरिएको बताउनुभएको छ ।


शुक्रवार प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले भारतीय पर्यटकहरु भूमार्ग हुँदै नेपालमा आउँदा डाँकाको जस्तो व्यवहार गरिएको बताउनुभएको हो । उहाँले भारतीय पर्यटकहरुलाई कडाइपूर्वक चेकिङ गरिने गरेको बताउनु भयो । उहाँले पर्यटकहरुलाई इज्जतका साथ स्वागत गर्नुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराउनु भयो । उहाँले भारतीय नोट हजार र पाँच सयको ल्याएमा सशस्त्र प्रहरीले बोर्डरमै दुव्र्यवहार गर्ने गरेको भन्दै त्यस्तो नहुने व्यवस्था मिलाउन प्रधानमन्त्री र पर्यटनमन्त्रीलाई आग्रह गर्नुभयो । 
उहाँले भन्नुभयो – ‘हामी छिमेकी मुलका पर्यटकहरुलाई धेरै वास्ता गर्दैनौँ । अहिले चीन र भारतका पर्यटकले विश्व छाएका छन् । हाम्रा त अगल वगलमा छन् । तर हामीले सहजीकरण गर्दैनौँ । ल्याण्ड रुटबाट भारतीय मोटरमा पर्यटक आउँदाखेरी नेपालमा डाका पसेको जस्तो व्यवहार गरिन्छ । दश ठाउँमा चेकिङ गरिन्छ । उसको कागज र सामान हेरिन्छ । आजकालको जमानामा नेपालमा नै आउनुपर्ने छैन । जहाँ बसेर जहाँ गएपनि हुन्छ । हामीले आउने हाम्रो पर्यटकहरुलाई सम्मानका साथ, इज्जतका साथ हाम्रो देशमा स्वागत गर्नुपर्ने आवश्यकता छ । यसमा सरकारले ध्यान दिनुपर्छ । हामीले के नियम गरेको छौँ ? ५०० रुपैयाँ र हजार रुपैयाँभन्दा कमको मात्रै भारु नोट ल्याउन पान्छ । ५०० को नोट ल्यायौँ भने बोर्डरमा सशस्त्रले समातेर दुव्र्यवहार गर्छ । अनि हामीले पर्यटनको कुरा गर्छौ ? यि सब फाल्तु कुरा हुन् । मिलाउनुस् प्रधानमन्त्रीज्यू । पर्यटनमन्त्रीज्यू । यो के तमासा गरेको ? आजकालको जमानामा ५०० रुपैयाँको नोट जेपमा नहालेर आउन् ? के गर्न खोजेको ? के भन्न खोजेको ?’ 
उहाँले नजिकैको पर्यटकहरुलाई वेवास्ता गर्नु नहुनेमा जोड दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist