[adrotate banner= “3”]
पोखरा । हिसान कास्की अध्यक्षमा दिवाकर जैसी निर्वाचित भएका छन् । मंगलबार पोखरामा भएको हिसानको नवौं अधिवेशन तथा बाइसौं साधारण सभाबाट जैसीको नेतृत्वमा समित निर्वाचित भएको हो । जैसी हिल प्वाइन्ट स्कुलका प्रिन्सिपल हुन् ।
उपाध्यक्षमा ढाकाराम कँडेल र पुरन कुँवर, सचिवमा किरण सापकोटा, कोषाध्यक्षमा राजेन्द्रमणि पौडेल, सहसचिवमा आनन्द अधिकारी निर्वाचित भएका थिए ।

सदस्यमा नविन बराल, खिमबहादुर गुरुङ, शिवबहादुर रेग्मी, शिवबहादुर भण्डारी, नारायण आचार्य, टेकनाथ पौडेल, विकास पहारी, प्रेमराज अधिकारी, विकल पौडेल, शर्मिला गुरङ र आमोद कोइराला निर्वाचित भए ।
हिसान कास्की अध्यक्ष यमबहादुर रोकाको अध्यक्षतामा भएको उदघाटन कार्यक्रम केन्द्रीय अध्यक्ष रमेश सिलवालले उदघाटन गरेका थिए । ढाकाराम कँडेलले सञ्चालन र दिवाकर जैसीले स्वागत गरे ।
कार्यक्रममा हिसान केन्द्रीय अध्यक्ष सिलवाल, शिक्षा विकास तथा समन्वय इकाइ कास्की प्रमुख लोकनाथ आचार्य, प्रदेश खेलकुद परिषद उपाध्यक्ष ध्वजकुमार गुरुङ,प्याब्सन केन्द्रीय सदस्य कृष्ण केसी, हिसान धौलागिरी अध्यक्ष बालकृष्ण शर्मा, प्याब्सन कास्की अध्यक्ष मथुरा प्रसाद पौडेल, कास्की जिल्ला खेलकुद समिति अध्यक्ष तोरणबहादुर बानियाँ, एनप्याब्सन कास्की अध्यक्ष हेमन्तराज अधिकारी, युनिप्स अध्यक्ष लगायतले शुभकामना व्यक्त गरे ।
नवनिर्वाचित अध्यक्ष जैसीले अहिलेको परिवेशमा व्यावहारिक शिक्षामा जोड दिँदै हिसानले शैक्षिक गुणस्तरमा विशेष जोड दिने प्रतिबद्धता जनाए ।
नवनिर्वाचित समितिलाई हिसान केन्द्रीय सदस्य बाबुराम पन्तले शुभकामना व्यक्त गरे । हिसान केन्द्रीय सल्लाहकार सूर्यबहादुर जिसी संयोजक रहेकाे समितले निर्वाचन सम्पन्न गराएको हो ।
[adrotate banner= “4”]
[adrotate banner= “5”]
[adrotate banner= “6”]






