इटालीको बोर्गो इग्नाजियामा भएको समूह अफ सेभेन (जि—७) को शिखर सम्मेलनको बिरोध प्रदर्शन भएको छ । नागरिक संघ, ट्रेड युनियन, वातावरणविद् र स्थानीय बासिन्दाको सहभागितामा बिरोध प्रदर्शन भएको थियो । प्रदर्शनकारीहरूले सामाजिक न्यायलाई सम्बोधन गर्न, नागरिक अधिकारको रक्षा गर्न र विश्वव्यापी शान्ति कायम गर्न जि ७ को असफलतालाई उजागर गरे ।
जि ७ का नेताहरूले अर्थपूर्ण कार्य नगरी बैठक बस्न लागेको भन्दै बिरोध गर्नुपरेको उनीहरुको भनाइ छ ।