Latest
सन्दर्भः संविधान दिवस (माधव नेपाल)
संसद सुचारु हुने रास्वपाको विश्वास
Next
Prev

कम्बोडियामा लाखौं अमेरिकी डलर बराबरको बरामद लागुऔषध जलाइयो

कम्बोडियाले दक्षिणपूर्वी एशियाली देशहरूबाट बरामद गरिएको करोडौं अमेरिकी डलर बराबरको लागुऔषध र पूर्ववर्ती रसायनहरू नष्ट गरेको अधिकारीहरूले बताएका छन् । नेशनल अथोरिटी फर कम्ब्याटिंग ड्रग्सका महासचिव मेस भाइरिथले राजधानी नोम पेन्हको उत्तरी बाहिरी भागमा रहेको इन्सिनरेटरमा आयोजित एक समारोहमा अवैध लागुऔषध रसायनहरु जलाइएको हो । हरेक वर्ष जुन २६ मा मनाइने लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाउन लागुऔषध नष्ट गरिएको बताइएको छ । यो कार्यक्रममा करिव २२.७ मिलियन अमेरिकी डलरको तस्करी बजार मूल्यको कुल ४.१ टन अवैध लागुऔषध जलाइएको थियो । कार्यक्रममा अवैध लागुऔषधका साथै ३ दशमलव २५ टन पूर्ववर्ती रसायन पनि जलाइएको बताइएको छ । लागुऔषध विरोधी प्रहरी विभागका अनुसार कम्बोडियाले सन् २०२४ को जनवरीदेखि मे महिनाको अवधिमा कुल ४.७१ टन लागुऔषध बरामद गरी ३२४ विदेशीसहित ९ हजार ३६९ लागुऔषधसँग सम्बन्धित संदिग्धलाई पक्राउ गरेको छ । राज्यमा लागुऔषध तस्करहरूलाई मृत्युदण्डको सजाय छैन । यसको कानून अनुसार ८० ग्राम भन्दा बढी लागुऔषध ओसारपसारमा दोषी पाइएमा आजीवन जेल सजाय हुनसक्छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist