Latest
दशैँमा सुनसान बन्यो पोखरा,काठमाडौं
बडा दशैंमा पनि विदेशिनेहरु
भरत केसी द्वारा बडा दशैंको शुभकामना
Next
Prev
https://worldlink.com.np/ https://worldlink.com.np/ https://worldlink.com.np/
ADVERTISEMENT

क्रसर उद्योग नविकरणको माग राख्दै क्रसर व्यवसायी सडक आन्दोलनमा

क्रसर उद्योग नविकरणको माग राख्दै क्रसर व्यवसायी सडक आन्दोलनमा उत्रिएका छन् ।


आईतवार कलंकीमा नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले सरकारले क्रसर उद्योगहरुको नविकरण गर्ने कार्यलाई वेवास्था गरेको भन्दै चरणवद्ध सडक आन्दोलनको घाषणा गरेका हो । महासंघले गत जेठ २३ गते पत्रकार सम्मेलनमार्फत सरकारलाई असार १ गतेसम्म क्रसर उद्योग नविकरणको लागि अल्टिमेटम दिएको थियो । अल्टिमेटमा अनुसार सरकारले कुनैपनि मागको सुनुवाई नगरेकाले सडक आन्दोलन गर्न बाध्य भएको महासंघका अध्यक्ष सीताराम न्यौपानेले बताउनु भयो । उहाँले विगत १० वर्षदेखि क्रसर उद्योगहरु नविकरण नहुँदा क्रसर व्यवसायबाट पलायन हुनुपर्ने अवस्थाको सिर्जना भएको भन्दै पटक–पटक सरकारसँग नविकरण गर्न माग गर्दा समेत वेवास्था गरेको आरोप लगाउनु भयो । उहाँले सरकारले व्यवसायीहरुको माग सम्बोधन गरेको खण्डमा विधिगत रुपमा काम गर्न तयार रहेको बताउनु भयो । उहाँले क्रसर उद्योगीहरुको समस्यालाई सरकारले तत्काल अध्ययन गरेर हल गर्न माग गर्नु भयो । अध्यक्ष न्यौपानेले सरकारले क्रसर उद्योगीहरुको माग तत्काल सम्बोधन नगरेसम्म आन्दोलन जारी राख्ने बताउनु भयो । उहाँले क्रसर नविकरणको समस्या दीर्घकालिन समाधानको लागि समाधानका लागि वार्ता समिति बनाउन ध्यानाकर्षण गराउनु भयो । 


उहाँले क्रसर उद्योग नविकरण नहुँदा उद्योगी मात्रै नभई उद्योगमा काम गर्ने श्रमिकहरुको समेत चुलो बाल्न नसक्ने अवस्थाको सिर्जना भएको बताउनु भयो । उहाँले कानूनसम्मत रुपमा दर्ता भएका र अव्यवहारिक मापदण्डका कारण नविकरण नभएका उद्योगले सरकारलाई तिर्नुपर्ने दस्तुर तिरेर नविकरण गरेर सञ्चालन गर्ने निर्देशन सरकारले गर्नुपर्ने बताउनु भयो । उहाँले कानूनको दायरामा नआएका उद्योगलाई सरकारले समय दिनुपर्ने बताउनु भयो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist