Latest
Next
Prev

स्काउट समय सापेक्ष हुन जरुरीः खेलकुदमन्त्री श्रेष्ठ

युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले स्काउट समय सापेक्ष हुन जरुरी रहेको बताउनुभएको छ ।


बुधवार नेपाल स्काउटको ७३ औं स्थापना दिवसको अवसरमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले २१ औं शताब्दीमा स्काउट कस्तो हुनुपर्छ भन्ने हिसावले अघि बढ्न आवश्यक रहेको बताउनु भयो । उहाँले स्काउट समय सापेक्ष बनाउँदा आफ्नो धर्म र मर्म बिर्सिनु नहुने बताउनु भयो । उहाँले केका लागि स्थापना भएको हो ? भन्नेकुरा नबिर्सिकन स्काउटले समय सापेक्ष रुपमा अघि बढ्न आवश्यक रहेको बताउनु भयो । उहाँले स्काउटका सम्पतीहरुको जगेर्ना गर्न विशेष ध्यान दिनुपर्ने बताउनु भयो । 
उहाँले भन्नुभयो, ‘स्काउट समय सापेक्ष पनि हुनुपर्छ । २१ औं शताब्दीमा स्काउट कस्तो हुनुपर्छ । यो भन्दै गर्दा स्काउटको मूल्य मान्यताहरु नबिर्सिकन, आफ्नो जरा नबिर्सिकन । धेरै जसो संस्थाहरु समय सापेक्ष हुने क्रममा आफू को हो ? र केका लागि स्थापना भएको पनि बिर्सिने चलन छ । तर स्काउटले २१ औं शताब्दी सापेक्ष हुने तर आफ्नो जरा नबिर्सिकन, आफ्नो माटो नबिर्सिने पनि हुनुपर्छ । अबको आवश्यकता भनेको डिजिटल लिट्रेसी पनि हो ।’ 


उहाँले स्काउटले दिगो विकासको लक्ष्य प्राप्तिका लागि स्काउट राम्रो संगठन भएको बताउनु भयो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist