• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

पारा खेलकुदलाई व्यवस्थित गर्नसके धेरै पलेशाहरू जन्मन्छन्ः सदस्य सचिव घिसिङ

नीतिप्रेस by नीतिप्रेस
September 1, 2024
in खेलकुद समाचार, नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

[adrotate banner= “3”]

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले पारा तेक्वान्दोकै सफलताका कारण घरेलु पारा खेलकुदलाई व्यवस्थित बनाएर अगाडि बढाइसकेको बताउनुभएको छ । 
पेरिस पारालिम्पिक २०२४ मा पारा तेक्वान्दोकी पलेशा गोवद्र्धनले नेपाललाई ऐतिहासिक काँस्य पदक दिलाएपछि न्युज एजेन्सी नेपालले गरेको कुराकानीमँ राखेप सदस्यसचिव घिसिङले पारा खेलकुदमा धेरै सम्भावना रहेको औंल्याउनु भयो । यसअघि नै आफूले पारा खेलकुदलाई व्यवस्थित र व्यावसायीक रूपमा अगाडि बढाउन योजना कार्यान्वयनमा ल्याएको उहाँको भनाइ छ । त्यसका लागि युवा तथा खेलकुद मन्त्रालयमार्पmत नवौं राष्ट्रिय खेलकुद लगत्तै प्रथम पारा राष्ट्रिय खेलकुदका लागि वार्षिक रूपमा बजेट छुट्याइएको उहाँले बताउनु भयो । यद्यपि यो पर्याप्त नरहेको उहाँको विश्वास छ । 
घरेलु पारा खेलकुदलाई व्यवस्थित र व्यावसायिक बनाउनसके मात्र नेपाली खेलकुदमा धेरै पलेशा गोवद्र्धनको जन्म हुने सम्भावना रहेको उहाँले औंल्याउनु भयो । घिसिङले यो सफलताले साना देशले पनि विश्व खेलकुदमा ठूला सफलता पाउन सकिन्छ भन्ने सन्देश दिएको बताउनु भयो । उपलब्धि हासिल गर्दा पाएको चर्चाजस्तै नीतिगत रूपमा विकास गर्न ध्यान अगाडि बढाउन सकेमा सम्भावनाहरू थप बढ्ने उहाँको विश्वास छ । भौगोलिक र आर्थीक रूपले साना राष्ट्रले लक्ष्य राखे सफलता पाउने प्रमाणित गरिसकेको बताउनु भयो ।  
पारालिम्पिकको विशेष तयारीको मद्दतले पलेशाले सफलता पाएको सदस्यसचिव घिसिङको विश्वास छ । यसका लागि म्यानचेस्टर सिटीको राम्रो एकेडेमीमा पलेशाले प्रशिक्षण गरेको र त्यो प्रभावकारी बनेको उहाँको भनाइ छ । चीनमा अध्ययनरत हुँदा पनि उनलाई त्यहाँ नै प्रशिक्षण गराउने वातावरण सिर्जना गर्ने प्रयासमा राखेपले योजना बुनेको उहाँले स्मरण गर्नुभयो । तयारीअनुरूप पलेशा र उहाँका प्रशिक्षक कविराज नेगी लामालाई पनि विशेष धन्यवाद दिनुभयो । राखेप सदस्यसचिव घिसिङले यो सफलतामा सिंगो देशले नै खुशीयाली मनाएको बताउनु भयो । 
राखेप सदस्यसचिव टंकलाल घिसिङले पलेशा गोवद्र्धन र करातेकी खेलाडी एरिका गुरुङ (१९औं एसियाली खेलकुदकी रजत विजेता) नेपाली खेलकुदमा आजको युगका हिरो रहेको प्रतिक्रिया दिनुभयो । उनीहरूले अझै धेरै सफलता ल्याउन सक्ने सम्भावना रहेको र त्यसका लागि सम्बन्धित संघलाई आगामी एशियाली खेलकुद र ओलम्पिकमा दीर्घकालीन तयारी गराउन निर्देशन दिने बताउनु भयो । त्यसका लागि आवश्यक पर्ने लगानी पनि परिषद्ले गर्ने विश्वास व्यक्त गर्नुभएको छ । अर्को पटक स्वर्ण पदक जित्नेगरी तयारी गर्न काम अगाडि बढाउने बताउनु भयो । 
राखेप सदस्यसचिव घिसिङले खेलअगाडि नै राज्यले दिने पुरस्कारबारे खेलाडीलाई प्रत्याभुति गराउनसके उनीहरूको प्रदर्शन उच्च हुने विश्वास व्यक्त गर्नुभयो । सोहीअनुरूप नै आफू राखेपमा नियुक्ति भएपछि देशका लागि पदक जित्ने खेलाडीले कानूनी रूपमै पुरस्कार पाउने वातावरण सिर्जना गर्न खेलकुद विकास नियमावली बनाइएको उहाँको भनाइ छ । त्यसअनुरूप पलेशाले पारालिम्पिकमा पदक जितेपछि ६५ लाख रुपैयाँ पाउने र उक्त पुरस्कारमा काटिने कर छुटका लागि राखेपको कार्यकारी समितिबाट प्रस्ताव अगाडि बढाउने उल्लेख गर्नुभयो । 
उहाँले विद्यालयस्तरबाटै पाठ्यक्रमका रूपमा अगाडि बढाउन आवश्यक रहेको औंल्याउनु भयो । साथै उहाँले खेलकुदमा नीजि क्षेत्रको लगानी बढाउन विशेष योजना आवश्यक रहेको र त्यसका लागि आफूले लामो समयदेखि पहल गरिरहेको बताउनु भयो । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै वैज्ञानिक रूपमा खेलाडीको तयारी गर्नसके मात्र अन्तर्राष्ट्रिय स्तरमा उनीहरूको प्रदर्शन सुधार हुनसक्ने विश्वास व्यक्त गर्नुभयो । अहिले सिमित श्रोत साधानबाटै गरिएको तयारीबाट खेलाडीले ऐतिहासिक सफलता प्राप्त गरेको उहाँले उल्लेख गर्नुभएको छ । ठूला सफलता प्राप्त गर्न पर्याप्त लगानीसहित मिसनका रूपमा तयारी गर्न आवश्यक रहेको उहाँले औंल्याउनु भयो । 
सन् २०२६ को २०औं एशियाली खेलकुदका लागि अहिले नै राखेपले तयारी गसिकेको उहाँको भनाइ छ । उहाँले राखेप खेलकुदमा परिणाममुखी बनाउन खेलाडी आवास पनि आवश्यक रहेको बताउनुभएको छ ।

[adrotate banner= “4”]

[adrotate banner= “5”]

[adrotate banner= “6”]

Previous Post

प्रचण्ड अराजनीतिक र असंसदीय हिसाबले संसदमा प्रस्तुत हुनुभयो –एमाले महासचिब पोखरेल

Next Post

निजी क्षेत्रलाई अर्थमन्त्रीको आग्रहः अब गुनासोबाट बाहिर निस्कनुस्

Next Post

निजी क्षेत्रलाई अर्थमन्त्रीको आग्रहः अब गुनासोबाट बाहिर निस्कनुस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन