• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

प्रचण्ड अराजनीतिक र असंसदीय हिसाबले संसदमा प्रस्तुत हुनुभयो –एमाले महासचिब पोखरेल

नीतिप्रेस by नीतिप्रेस
August 30, 2024
in agriculture, Uncategorized, अन्य, अर्थ/वाणिज्य, गण्डकी प्रदेश, जीवनशैली, नेपाली समाचार आजको
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा ,भदौ १४
ने क पा एमाले गण्डकी प्रदेश कमिटीको दोश्रो बैठक पोखरामा सम्पन्न भएको छ ।
बैठकलाई सम्बोधन गर्दै महासचिब शंकर पोखरेलले ने क पा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अराजनीतिक र असंसदीय हिसाबले संसदमा प्रस्तुत भएको बताउनु भएको छ ।
एमालेका नेता कार्यकर्ता अराजनीतिक हुन नसक्ने भन्दै एमालेले अन्य शक्तिहरूलाई पनि सुधारको बाटोमा अगाडी बढाउन भूमिका खेल्ने बताउनुभयो ।
जनयुद्धका नाममा माओबादीका कार्यकर्ता मात्रै मारिएनन् एमाले सहितका अन्य दलका कार्यकर्ता समेत मारिएको स्मरण गर्दै पोखरेलले हिँसालाइ शान्तिमा बदल्न एमालेले नै सबैभन्दा बढी भूमिका खेलेको दाबि गर्नुभयो ।


महासचिब पोखरेलले आन्तरिक प्रतिष्पर्धाले पार्टी एकता बलियो बनाउनु पर्ने भन्दै आन्तरिक एकता निर्माणलाई सर्बाधिक महत्वमा राख्न आग्रह गर्दै मिसन ८४को तयारीमा लाग्न आग्रह गर्नुभयो ।
उहाले एमाले जनताको रोजाइको बहुमत प्राप्त पहिलो पार्टी बनाउन मिसन ८४ को अभियान भएको बताउनुभयो
महासचिब पोखरेलले काँग्रेस एमालेको समीकरणका सम्बन्धमा बजारमा चलेका हल्ला निराधार भएको र यो समीकरण जनतामा आशाको संचार जगाउन भएको उल्लेख गर्दै देशमा उत्पन्न अराजकता र अस्थिरताको अन्त्य गर्न बनेको बताउनुभयो ।
ने क पा एमालेका उप(महासचिब पृथ्बी सुब्बा गुरुङले पार्टी र जनतालाई जोड्ने प्रतिफलमुखी कार्यक्रम अबको आबश्यकता भएको भन्दै देशमा बिकासको खाका कोर्दै प्रतिफलमा केन्द्रीत भएको बताउनुभयो ।
नेपाल सरकारका प्रबक्त्ता एबम सुचना तथा संचार मन्त्री समेत रहनुभएका उप(महासचिब गुरुङले यो सरकारलाई असफल हुने छुट नभएको भन्दै सरकार सफल हुन पार्टी सहित सबै जन संगठन हरू सक्रिय रूपले परिचालित हुनुपर्ने उल्लेख गर्नुभयो ।
रचनात्मक तवरले समयानुकुल कार्य सम्पादनमा जुट्न आग्रह गर्दै गुरुङले परिष्कृत शैलीले जनताको काम गर्न आग्रह गर्नुभयो ।
गण्डकी प्रदेश कमिटी निबर्तमान इन्चार्ज केन्द्रीय कमिटी सचिब गोकर्ण बिष्टले अत्यन्त जटिल अबस्थामा नेकपा एमालेले सरकारको नेतृत्व लिएको र यो चुनौतीलाई अबशरमा बदलेर देशमा पूर्ण आशाको संचार गर्नुको विकल्प नभएको उल्लेख गर्नुभयो ।
परिणामलाइ निर्धारित गरेर अगाडी बढ्न सबै पार्टी पंक्ति लाग्नु पर्ने भन्दै बिष्टले युबा पलायन लगायतका गम्भीर समस्या निराकरण गर्न एमालेको सरकार केन्द्रीत भएको जानकारी दिनुभयो ।
देशमा बिकास र सम्बृदी नै जनचाहाना भएको भन्दै जनचाहाना मुताबिक काम गर्न जनप्रतिनिधि सहित पार्टीका सबै तह र तप्का का कमिटी परिचालित हुन आग्रह गर्नुभयो । ।
कमिटीहरू अभियान र केन्द्र मुखी मात्रै नभएर रचनात्मक सृजनात्मक तवरले काम गर्नु पर्ने उहाको भनाइ थियो ।
प्रदेश कमिटी इन्चार्ज स्थायी कमिटी सदस्य किरण गुरुङले एमालेको कार्यक्षेत्र जनताको चाहना भएको हुदा जनताका आबश्यकता र सरोकारका बिषयमा केन्द्रीत हुन् आग्रह गर्दै जनताको सुख दुखको सारथि बन्न आग्रह गर्नुभयो ।
गण्डकी प्रदेश सभामा एमाले संसदीय दलका नेता स्थायी कमिटी सदस्य खगराज अधिकारीले पार्टी छिट्टै प्रदेश सरकारमा जाने तयारी शुरु भएको जानकारी दिदै छिट्टै सो पुरा गरेर सम्बृद्ध प्रदेश सुखी प्रदेश बासीको सपना पुरा गर्न लागि पर्ने उल्लेख गर्नुभयो ।
अधिकारीले परम्परागत भन्दा परिष्कृत र आधुनिक शैलीको सुसंगठित पार्टी निर्माणमा लाग्न आग्रह गर्नुभयो ।
प्रदेश कमिटी अध्यक्ष नवराज शर्माले प्रदेश कमिटीका गतिबिधि र कार्यक्रमको जानकारी दिदै आगामी भाबि कार्ययोजनाका बारेमा चर्चा गर्नुभएको थियो ।
बैठकले पार्टीका सांगठनिक सहित,जनसरोकार र जनजीविकाका सबालमा बार्षिक कार्ययोजना निर्माण गरेको प्रदेश कमिटी सचिब धनन्जय दवाडीले जानकारी दिनुभयो ।
प्रदेश कमिटी अध्यक्ष नवराज शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश कमिटी सचिब धनन्जय दवाडी, गण्डकी प्रदेशका जिल्ला अध्यक्षहरू सहितले आफ्नो जिल्ला कमिटीका गतिबिधि सम्बद्द रिपोर्ट प्रस्तुत गर्नुभएको उप सचिब एबम प्रचार तथा प्रकाशन बिभाग प्रमुख मन्जु अधिकारीले जानकारी दिनुभयो ।

Previous Post

जन्मदिनको अवसरमा सिर्पाली ले गोप्यश्वर मन्दिरमा सहयोग रकम हस्तान्तरण

Next Post

पारा खेलकुदलाई व्यवस्थित गर्नसके धेरै पलेशाहरू जन्मन्छन्ः सदस्य सचिव घिसिङ

Next Post

पारा खेलकुदलाई व्यवस्थित गर्नसके धेरै पलेशाहरू जन्मन्छन्ः सदस्य सचिव घिसिङ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन