Latest
हिसान कास्कीमा दिवाकर जैसीको नेतृत्व
भद्रकालीमा विश्वकर्मा पूजा गर्नेहरुको भीड
Next
Prev

सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित बनाउँछौंः सञ्चारमन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आगामी आर्थिक वर्षबाट सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित बनाउने बताउनुभएको छ ।


बिहीवार विनियोजित मन्त्रालयत बजेट छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै सञ्चारमन्त्री शर्माले यस्तो बताउनुभएको हो । उहाँले सामाजिक सञ्जाललाई व्यवस्थित गर्न निर्देशिका जारी भइसकेको बताउनु भयो । उहाँले यसलाई थप व्यवस्थित गर्न सरकारले विधेयक तर्जुमालाई अन्तिम चरणमा पु¥याएको बताउनु भयो । उहाँले नेपालको प्रचलित कानून र सामाजिक सदभाव सामाजिक वातावरण माथि प्रतिकुल असर नपर्ने गरी सञ्चालन हुने कुनैपनि सामाजिक प्लेटफर्मप्रति सरकारको आग्रह÷पूर्वाग्रह नगरेको बताउनु भयो । मन्त्री शर्माले सामाजिक सञ्जाल,युट्युवको व्यवस्थिति अभिलेख र नियमित अनुगमनको कार्य प्रेस काउन्सिल नेपालबाट भइरहेको बताउनु भयो । उहाँले आम नागरिकमा गुणस्तर र सुलभ इन्टरनेट सेवा पु¥याउने काम भइरहेको उल्लेख गर्नुभयो । मन्त्री शर्माले अहिल दुई वटा मोबाइल सेवा प्रदायक र ११५ इन्टरनेट प्रदायक दर्ता भएर सेवा दिइरहेको भन्दै देशभर गुणस्तरिय सेवा पु¥याउन आवश्यकता अनुसार पूर्वाधार निर्माण थप गर्ने कार्य अघि बढेको बताउनु भयो । 
उहाँले भन्नुभयो,‘सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित बनाउँदै लगिनेछ । सामाजिक सञ्जाललाई व्यवस्थित गर्न निर्देशिका जारी भएको छ । थप व्यवस्थित गर्न विधेयक तर्जुमा अन्तिम चरणमा छ । नेपालको प्रचलित कानून र सामाजिक सदभाव सामाजिक वातावरण माथि प्रतिकुल असर नपर्ने गरी सञ्चालन हुने कुनै पनि सामाजिक प्लेट र्फमप्रति सरकारको आग्रह पूर्वाग्रह नभएको कुरा निवेदन गर्न चाहन्छु । सामाजिक सञ्जाल,युट्युवको व्यवस्थिति अभिलेख र नियमित अनुगमनको कार्य प्रेस काउन्सिल नेपालबाट भइरहेको छ । आम नागरिकमा गुणस्तर र सुलभ इन्टरनेट सेवा पु¥याउने काम भइरहेको छ । अहिल दुई वटा मोवाइल सेवा प्रदायक र ११५ इन्टरनेट प्रदायक दर्ता भएर सेवा दिइरहेका छन् । देशभर गुणस्तरिय सेवा पु¥याउन आवश्यकता अनुसार पूर्वाधार निर्माण थप गर्ने कार्य अघि बढेको छ । उच्च गतिको इन्टरनेट विस्तारको लागि एक वर्षको अवधिमा ९ जिल्ला थप गरी ७६ जिल्लामा विस्तार भएको एफटिटिएस सेवा आगामी आर्थिक वर्षमा सबै जिल्ला सदरमुकाम,नगरपालिका र गाउँपालिकामा विस्तार गर्दै लगिनेछ ।’ 
उहाँले उच्च गतिको इन्टरनेट बिस्तारको लागि एक वर्षको अवधिमा ९ जिल्ला थप गरी ७६ जिल्लामा बिस्तार भएको एफटिटिएस सेवा आगामी आर्थिक वर्षमा सबै जिल्ला सदरमुकाम,नगरपालिका र गाउँपालिकामा बिस्तार गर्दै लगिने उल्लेख गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist