Latest
सन्दर्भः संविधान दिवस (माधव नेपाल)
संसद सुचारु हुने रास्वपाको विश्वास
Next
Prev

समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्नेगरी बजेट ल्याएका छौँः अर्थमन्त्री

अर्थमन्त्री वर्षमान पुनले उत्पादन वृद्धि, रोजगारी सिर्जना र समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने मुल नाराका आधारमा बजेट प्रश्तुत भएको बताउनुभएको छ ।


शनिवार काठमाडौंमा नेकपा (माओवादी केन्द्र) अछाम—काठमाडौं सम्पर्क समन्वय समितिको भेलालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले बजेटमा कृषि, पर्यटन, जलविद्युत, आइटी क्षेत्रलाई नेपालको अर्थतन्त्रमा रुपान्तरण ल्याउने क्षेत्रका रुपमा अघि सारिएको बताउनु भयो । उहाँले सात प्रदेशका सात वटा विशेषता छुट्याएको बताउनु भयो । उहाँले सुदूरपश्चिमलाई पर्यटकीय हबको रुपमा विकास गर्नेगरी बजेटमा विनियोजन गरिएको बताउनु भयो । उहाँले सरकारले अहिले सुशासन, सामाजिक न्याय, समृद्धिलाई जोडेर लैजाने गरी काम गरिरहेको बताउनु भयो । उहाँले मानिस धनी हुने मात्रै नभइ समानतातिर लैजाने किसिमले उत्पादनकेन्द्रित बजेट ल्याएको बताउनु भयो । 
उहाँले भन्नुभयो, ‘अहिले हामीले बजेटमा पनि उत्पादन वृद्धि गर्ने, रोजगारी सिर्जना गर्ने र समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने मुल नाराका आधारमा बजेट प्रश्तुत भएको छ । अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालद्वारा निर्देशन भएर । कृषि, पर्यटन, जलविद्युत, आइटी र उत्पादनमुलक क्षेत्रहरु नेपालको अर्थतन्त्रमा रुपान्तरण ल्याउने क्षेत्र हुनसक्छन् । सात प्रदेशका सात वटा विशेषता छुट्याएका छाँै । सुदूरपश्चिमलाई पर्यटकीय हबको रुपमा विकास गर्नुपर्छ भनेर लगानी कर्तालाई आह्वान गरेका छौँ । एउटा प्रदेशले एउटा विशेषतामा लैजाने भन्ने किसिमबाट बजेट प्रश्तुत गरेका छाँै । अरु हाम्रो पार्टी, कार्यकर्तालाई पनि उत्पादनसँग जोड्ने आयोजनाहरु, रोजगारी सम्बन्धी कार्यक्रमहरु अघि सारेका छाँै । उत्पादनसँग जोडिनुपर्छ । उत्पादनसँग जोडिने, श्रम गर्ने, ट्याक्स तिर्ने, र आफ्नो उत्पादनलाई आफैँले प्रयोग गर्ने काम गरौँ भनेका छाँै । सरकारले अहिले सुशासन, सामाजिक न्याय, समृद्धिलाई जोडेर लैजाने र साह्रौँ आवधिक योजनालाई बोक्ने मुख्य नारा बनाएको छ । हामी केही मानिस धनी हुने मात्रै नभइ समानतातिर लैजाने किसिमले उत्पादनमा केन्द्रित छौँ । भ्रष्टाचार लगायत विभिन्न खालका विकृति नियन्त्रण गरेर मात्रै सुशासन स्थापित गर्नसक्छाँै ।’


उहाँले समाजको नैतिक धरातललाई नबिर्सिकन काम गर्दा समाज र देश समृद्ध बन्ने बताउनु भयो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist