Latest
हिसान कास्कीमा दिवाकर जैसीको नेतृत्व
भद्रकालीमा विश्वकर्मा पूजा गर्नेहरुको भीड
Next
Prev

राजश्व अनुसन्धान विभाग र सम्पती शुद्धिकरण अनुसन्धान विभाग प्रधानमन्त्री कार्यालय मातहत राख्दा प्रभावकारी काम हुन्छः प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले राजश्व अनुसन्धान विभाग र सम्पती शुद्धिकरण अनुसन्धान विभागको काम प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहतमा हुँदा प्रभावकारी हुने बताउनुभएको छ ।


मङ्गलवार प्रतिनिधि सभा बैठकमा बोल्दै प्रधानमन्त्री दाहालले राजस्व संकलन गर्ने निकायले नै राजश्व चुहावटको अनुसन्धान गर्दा सन्तुलन र नियन्त्रण कायम हुन नसक्ने भन्दै माथिल्लो निकायबाट अनुसन्धान हुनुपर्ने देखिएकोले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतमा राखिएको बताउनु भयो । उहाँले सम्पती शुद्धिकरण अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय मातहत राख्दा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा समन्वय र सहकार्य गर्न सहज हुने बताउनु भयो । उहाँले सम्पती शुद्धिकरण निवारण र सुशासनको पाटोमा अन्तर्राष्ट्रिय चासो पनि हुने भन्दै हालको व्यवस्थाबाट प्रभावकारी नियन्त्रण र सन्तुलन कायम हुन सक्ने बताउनु भयो । 
उहाँले भन्नुभयो – ‘राजश्व अनुसन्धान विभाग र सम्पती शुद्धिकरण अनुसन्धान विभाग विगत सरकारमै पालामा अध्ययन एवम् विश्लेषणपश्चात प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको मातहतमा राखिएको अवस्था हो । राजस्व चुहावट नियन्त्रण तथा सम्पती शुद्धिकरण एवं आतंकवादी क्रियाकलापमा वित्तीय लगानी नियन्त्रण तथा विदेशी विनिमयको अवैध ओसारपसार र नियन्त्रण सम्बन्धी कार्य जटिल र अन्तर्राष्ट्रिय क्षेत्रको समेत चासोको विषय भएको हुँदा यसको प्रभावकारी समन्वय, सहजीकरण र नियमनको लागि राजस्व अनुसन्धान विभाग र सम्पती शुद्धिकरण विभाग यस कार्यालय मातहत राखिएको कुरा स्पष्ट नै छ । यसका साथै राजस्व संकलन गर्ने निकाय नै राजस्व चुहावटको अनुसन्धान गर्दा सन्तुलन र नियन्त्रण कायम गर्ने सन्र्दभमा काममा दोहोरोपना र स्वार्थको द्वन्द्व हुनसक्ने हुँदा बेग्लै र माथिल्लो निकायबाट अनुसन्धान कार्य हुनुपर्ने देखिएको पनि हो । अर्कोतर्फ राजस्व संकलन गर्ने निकायहरुको पनि आ–आफ्नो अनुसन्धान गर्ने इकाइ रहने भएकोले राजश्व अनुसन्धान विभागलाई वृहत र अन्तरसम्बन्धित प्रकृतिका अनुसन्धानको जिम्मा दिनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट कार्यसम्पादन हुँदा त्यो प्रभावकारी हुने र तथ्यलाई समेत ध्यानमा राखिएको स्पष्ट गर्न चाहन्छु । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय देशको सर्वोच्च कार्यकारी निकाय हो । सम्पत्ति सुद्धिकरण अनुसन्धान विभागलाई सर्वोच्च कार्यकारी निकाय मातहत राख्दा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा समन्वय र सहकार्य सहज हुन जान्छ । सम्पती शुद्धिकरण निवारण समग्र सुशासनको महत्वपूर्ण पाटो हुनुको साथै अन्तर्राष्ट्रिय चासोको समेत विषय भएकोले हालको व्यवस्थाबाट प्रभावकारी नियन्त्रण र सन्तुलन कायम गर्नुको साथै यस विभागलाई समेत थप जवाफदेही बनाउन आवश्यक छ ।’
प्रधानमन्त्री दाहालले सबै मन्त्रालयको बजेट सन्तुलित बनाउने कोसिस भएको बताउनु भयो । उहाँले हुन्डी कारोबार रोक्न सरकारले केही प्रभावकारी कदम चाल्न लागेको पनि जानकारी दिनुभयो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist