Latest
सन्दर्भः संविधान दिवस (माधव नेपाल)
संसद सुचारु हुने रास्वपाको विश्वास
Next
Prev

प्रधानमन्त्रीको आग्रहपछि राजीनामा नबुझाइ फर्किए रास्वपाका मन्त्री

राजीनामा बुझाउन बालुवाटार पुगेका राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरु प्रधानमन्त्रीको सान्त्वनासँगै काममा फर्किएका छन् ।


बिहीवार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा राजीनामा दिन पुगेका उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेसहितका रास्वपाका मन्त्रीहरु राजीनामा नदिइकनै सिंहदरबार फर्किएका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहालले रास्वपासँग सहयोग माग्नुभएको र प्रधानमन्त्रीले विश्वासको मतको सामना गर्ने भनेसँगै आफूहरुले संविधानले दिएको प्रधानमन्त्रीको अधिकारलाई समर्थन गरेको राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले बताउनु भयो । उहाँले छलफलमा प्रधानमन्त्रीले पछिल्लो परिस्थितिको समग्र विश्लेषण गर्नुभएको बताउनु भयो । उहाँले आफूले संवैधानिक अधिकारको प्रयोग गर्ने र त्यसमा रास्वापको सहयोग चाहिने बताएपछि छिटो विश्वासको मत लिने व्यवस्था मिलाउन प्रधानमन्त्रीसँग आग्रह गरेको बताउनु भयो । 
उहाँले भन्नुभयो, ‘रास्वपाबाट सरकारमा सहभागी मन्त्रीहरुले राजीनामा दिने भनेर हामी प्रधानमन्त्री कहाँ आएका थियौँ । सम्माननीय प्रधानमन्त्रीले छलफल गर्नुप¥यो भन्नुभयो । हामीले कुरा ग¥यौँ । पछिल्लो परिस्थितिको समग्र विश्लेषण भयो । प्रधानमन्त्रीज्युले राजनीतिक घटनाक्रम जसरी बढेको छ, त्यसमा संवैधानिक अधिकारको प्रयोग गर्छु । जनताका प्रतिनिधिहरुले मलाई प्रधानमन्त्री बनाएका हुन्, संसदलाई जवाफ दिनुपर्छ भनेपछि  मलाई साथ दिनुपर्छ भन्नुभयो । उहाँको संवैधानिक अधिकारको समर्थन गर्दै, चाँडै विश्वासको मत लिन आग्रह गर्दै उहाँलाई संसदलाई फेस गर्ने व्यवस्था मिलाउन आग्रह गरेका छौँ ।’


प्रमुख सचेतक परियारले अहिलेको परिस्थिति रास्वपाले राम्रो काम गरेका कारणले आएको बताउनु भयो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist