Latest
हिसान कास्कीमा दिवाकर जैसीको नेतृत्व
भद्रकालीमा विश्वकर्मा पूजा गर्नेहरुको भीड
Next
Prev

फाइललाई ब्ल्याकमेलिङको माध्यम नबनाउन सांसद कार्कीको आग्रह

राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले फाइललाई ब्ल्याकमेलिङको माध्यम नबनाउन गृहमन्त्रीलाई आग्रह गर्नुभएको छ ।


सोमवार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद कार्कीले फाइललाई ब्ल्याकमेलिङको माध्यम नबनाउन गृहमन्त्री रवि लामिछानेलाई आग्रह गर्नुभएको हो । उहाँले गृहमन्त्रीले संसदको रोष्टमबाट फाइल बनेको रहेनछ, बनाउँदै छु भन्ने अभिव्यक्ति दिएको भन्दै कहिले बनाउने र कहिले खोल्ने भनि प्रश्न समेत गर्नुभयो । उहाँले बेचन झालाई शिखण्डीको रुपमा नउभ्याउन पनि आग्रह गर्नुभयो । 
उहाँले भन्नुभयो – ‘कहिले रोष्टममा बसेर गृहमन्त्री भन्नुहुन्छ, फाइल त बनेकै रहेनछ । बनाउँदै छु । फाइल कहिले बनाउने हो ? फाइल कहिले खोल्ने हो ? कृपया तपाईहरुलाई म अनुरोध गर्दछु, फाइललाई ब्ल्याकमेलिङको माध्यम नबनाइयोस् । तपाईहरुले ब्ल्याकमेलिङको माध्यम फाइललाई नबनाउनुस् । कुनै बेचनलाई अगाडी ल्याएर आएर उभ्याएर त्यसलाई शिखण्डीको रुपमा नउभ्याउनुस् । गृहमन्त्रीज्युलाई रुलिङ गरियोस् । उहाँले दिएको फेहरिस्त अनुसार विपद् न्युनिकरणका कार्यक्रमहरु भएको छ कि छैन, यस्तो खेलाँचीको काम नगरौँ । नेपाली जनताको ज्यान बचाउने काम गरौँ । फाइलका कुरा ल्याएर धम्क्याउने अस्त्रको रुपमा नबनाऔँ ।’
उहाँले विपद् व्यवस्थापनमा गृह मन्त्रालयबाट भएको कामको सम्बन्धमा गृहमन्त्रीले संसदमा आएर जवाफ दिनुपर्ने पनि बताउनु भयो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist