Latest
सन्दर्भः संविधान दिवस (माधव नेपाल)
संसद सुचारु हुने रास्वपाको विश्वास
Next
Prev

अहिलेको मुख्य समस्या युवाशक्ति विदेश पलायन हुनु होः अध्यक्ष दाहाल

खरिद ऐन संशोधन हुने प्रक्रियामा छः अध्यक्ष दाहाल
राष्ट्रिय सभा अध्यक्ष नारायाणप्रसाद दाहालले नेपालको अहिलेको मुख्य समस्या बेरोजगारीका कारण युवाशक्ति विदेश पलायन रहेको बताउनुभएको छ ।


सोमवार काठमाडौंमा ठमेल पर्यटन विकास परिषद्को २८ औं र २९ औं साधारण सभा तथा नयाँ कार्यसमितिको निर्वाचनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले दक्ष र कामकाजी शक्ति बाहिरिँदा दिनप्रतिदिन परनिर्भर बन्दै जाने अवस्था सिर्जना भएको बताउनु भयो । उहाँले परनिर्भरबाट जोगाएर आत्मनिर्भर अर्थतन्त्रको विकासका लागि पर्यटन क्षेत्रको विकास गर्नु उत्तम उपाय भएको बताउनु भयो । युवाहरुलाई विदेश जान रोक्न नेपालमा धेरै भन्दा धेरै पर्यटक भित्र्याइ पर्यटन उद्योगको विकास गरी रोजगारीका अवसर सिर्जना गर्न आवश्यक रहेको अध्यक्ष दाहालले बताउनु भयो । उहाँले ठमेल पर्यटन क्षेत्रका रुपमा एक अद्वितीय स्थान भएको बताउँदै सांस्कृतिक, ऐतिहासिक, पर्यटकीय र आर्थिक प्रतिष्ठा प्राप्त स्थानका रुपमा संरक्षण गर्न आग्रह गर्नुभयो । उहाँले ठमेल नेपालको सौन्दर्य विविधता र ऐतिहासिक समृद्धिको प्रतिक भएको बताउनु भयो । अध्यक्ष दाहालले धेरै सम्भावनाका बाबजुत पनि नेपालमा हुनुपर्ने जति पर्यटन विकास हुन नसकेको बताउनु भयो । उहाँले विदेशमा राम्रोसँग बजारीकरण गर्नसक्ने र नेपालमा पर्यटकीय गन्तव्यको पूर्वाधारको विकास गर्नसके नेपालमा सहजै वर्षेनी लाखौँ पर्यटन भित्र्याउन सकिने बताउनु भयो । उहाँले खरिद ऐन देशको विकास, समृद्धि र आवश्यकताको निम्ति कतै न कतै बाधा बनेको भन्दै संशोधन हुने प्रक्रियामा गएको बताउनु भयो । 
उहाँले भन्नुभयो, ‘नेपालको अहिलेको मुख्य समस्या भनेको बेरोजगारीका कारण युवाशक्ति विदेश पलायन हुनु हो । दक्ष र कामकाजी शक्ति बाहिरिँदा हामी दिनप्रतिदिन परनिर्भर बन्दै जाने अवस्था सिर्जना हुन थालेको छ । त्यसलाई परनिर्भरबाट जोगाएर आत्मनिर्भर अर्थतन्त्रको विकासका लागि पर्यटन क्षेत्रको विकास गर्नु निकै उत्तम उपाय हो भन्ने लाग्छ । त्यसैले अब हाम्रो ध्यान युवाहरुलाई विदेश जान रोक्न नेपालमा धेरै भन्दा धेरै पर्यटक भित्र्याइ पर्यटन उद्योगको विकास गरी रोजगारीका अवसर सिर्जना गर्नुपर्छ । मलाई लाग्छ ठमेल पर्यटन क्षेत्रका रुपमा एक अद्वितीय स्थान हो । जसले सांस्कृतिक, ऐतिहासिक, पर्यटकीय र आर्थिक प्रतिष्ठा प्राप्त गरेको छ । यो स्थान नेपालको सौन्दर्य विविधता र ऐतिहासिक समृद्धिको प्रतिक पनि हो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नेपाललाई चिनाउने र आफ्नो छुट्टै पहिचान भनेको स्थान पनि हो ।’


उहाँले पर्यटकीय केन्द्र ठमेललाई विश्वस्तरमा थप परिचित गराउन सफा, सुरक्षित र व्यवसायिकमैत्री बनाउने गरी कार्यक्रम ल्याउन आवश्यक रहेको बताउनु भयो । उहाँले ठमेलमा पर्यटकको वृद्धि गर्न र समृद्ध, सफा र सुरक्षित ठमेल बनउन सबैको साझा पहल जरुरी रहेको बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist