• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

अहिलेको मुख्य समस्या युवाशक्ति विदेश पलायन हुनु होः अध्यक्ष दाहाल

नीतिप्रेस by नीतिप्रेस
July 15, 2024
in नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

[adrotate banner= “3”]

खरिद ऐन संशोधन हुने प्रक्रियामा छः अध्यक्ष दाहाल
राष्ट्रिय सभा अध्यक्ष नारायाणप्रसाद दाहालले नेपालको अहिलेको मुख्य समस्या बेरोजगारीका कारण युवाशक्ति विदेश पलायन रहेको बताउनुभएको छ ।


सोमवार काठमाडौंमा ठमेल पर्यटन विकास परिषद्को २८ औं र २९ औं साधारण सभा तथा नयाँ कार्यसमितिको निर्वाचनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले दक्ष र कामकाजी शक्ति बाहिरिँदा दिनप्रतिदिन परनिर्भर बन्दै जाने अवस्था सिर्जना भएको बताउनु भयो । उहाँले परनिर्भरबाट जोगाएर आत्मनिर्भर अर्थतन्त्रको विकासका लागि पर्यटन क्षेत्रको विकास गर्नु उत्तम उपाय भएको बताउनु भयो । युवाहरुलाई विदेश जान रोक्न नेपालमा धेरै भन्दा धेरै पर्यटक भित्र्याइ पर्यटन उद्योगको विकास गरी रोजगारीका अवसर सिर्जना गर्न आवश्यक रहेको अध्यक्ष दाहालले बताउनु भयो । उहाँले ठमेल पर्यटन क्षेत्रका रुपमा एक अद्वितीय स्थान भएको बताउँदै सांस्कृतिक, ऐतिहासिक, पर्यटकीय र आर्थिक प्रतिष्ठा प्राप्त स्थानका रुपमा संरक्षण गर्न आग्रह गर्नुभयो । उहाँले ठमेल नेपालको सौन्दर्य विविधता र ऐतिहासिक समृद्धिको प्रतिक भएको बताउनु भयो । अध्यक्ष दाहालले धेरै सम्भावनाका बाबजुत पनि नेपालमा हुनुपर्ने जति पर्यटन विकास हुन नसकेको बताउनु भयो । उहाँले विदेशमा राम्रोसँग बजारीकरण गर्नसक्ने र नेपालमा पर्यटकीय गन्तव्यको पूर्वाधारको विकास गर्नसके नेपालमा सहजै वर्षेनी लाखौँ पर्यटन भित्र्याउन सकिने बताउनु भयो । उहाँले खरिद ऐन देशको विकास, समृद्धि र आवश्यकताको निम्ति कतै न कतै बाधा बनेको भन्दै संशोधन हुने प्रक्रियामा गएको बताउनु भयो । 
उहाँले भन्नुभयो, ‘नेपालको अहिलेको मुख्य समस्या भनेको बेरोजगारीका कारण युवाशक्ति विदेश पलायन हुनु हो । दक्ष र कामकाजी शक्ति बाहिरिँदा हामी दिनप्रतिदिन परनिर्भर बन्दै जाने अवस्था सिर्जना हुन थालेको छ । त्यसलाई परनिर्भरबाट जोगाएर आत्मनिर्भर अर्थतन्त्रको विकासका लागि पर्यटन क्षेत्रको विकास गर्नु निकै उत्तम उपाय हो भन्ने लाग्छ । त्यसैले अब हाम्रो ध्यान युवाहरुलाई विदेश जान रोक्न नेपालमा धेरै भन्दा धेरै पर्यटक भित्र्याइ पर्यटन उद्योगको विकास गरी रोजगारीका अवसर सिर्जना गर्नुपर्छ । मलाई लाग्छ ठमेल पर्यटन क्षेत्रका रुपमा एक अद्वितीय स्थान हो । जसले सांस्कृतिक, ऐतिहासिक, पर्यटकीय र आर्थिक प्रतिष्ठा प्राप्त गरेको छ । यो स्थान नेपालको सौन्दर्य विविधता र ऐतिहासिक समृद्धिको प्रतिक पनि हो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नेपाललाई चिनाउने र आफ्नो छुट्टै पहिचान भनेको स्थान पनि हो ।’


उहाँले पर्यटकीय केन्द्र ठमेललाई विश्वस्तरमा थप परिचित गराउन सफा, सुरक्षित र व्यवसायिकमैत्री बनाउने गरी कार्यक्रम ल्याउन आवश्यक रहेको बताउनु भयो । उहाँले ठमेलमा पर्यटकको वृद्धि गर्न र समृद्ध, सफा र सुरक्षित ठमेल बनउन सबैको साझा पहल जरुरी रहेको बताउनु भयो ।

[adrotate banner= “5”]

[adrotate banner= “6”]

[adrotate banner= “4”]

Previous Post

ग्वार्को फ्लाई ओभर दशैँअघि सम्पन्न गर्न स्थानीयवासीको माग

Next Post

भारतको विदेशी मुद्रा भण्डार अहिलेसम्मकै उच्च

Next Post

भारतको विदेशी मुद्रा भण्डार अहिलेसम्मकै उच्च

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन