Latest
हरितालिका तिजमा पशुपतिमा व्रतालु महिलाको भीड
Next
Prev

मधेस प्रदेशः सरकारलाई दिएको समर्थन फिर्ता लिन काँग्रेस संसदीय दलको बैठक जारी

नेपाली काँग्रेसले अर्थ मन्त्रालय नपाउने भएपछि मधेस सरकारलाई दिएको सर्मथन फिर्ता लिनेबारे निर्णय गर्न संसदीय दलको बैठक जारी छ ।


जारी संसदीय दलको बैठकबाट सरकारलाइ दिएको समर्थन फिर्ता लिने÷नलिनेबारे निर्णय काँग्रेसले गर्न लागेको हो । काँग्रेस संसदीय दलका नेता कृष्ण यादवले अहिलेसम्म सहमतिअनुसार नै अघि बढ्ने गरी बसेको भएपनि अब भने संस्दीय दलमा बहुमतले गरेको निर्णयलाई मानेर अघि बढ्ने बताउनु भयो । काँग्रेस संसदीय दलका नेता कृष्ण यादवले भन्नुभयो, ‘अहिले हामी बसिरहेका छौँ, बहुमतको निर्णय जे हुन्छ त्यसै आधारमा निर्णय लिनेछौँ ।’
सरकारलाई दिइएको समर्थन फिर्ता हुने सम्भावना कति छ ? भन्ने प्रश्नमा राजनितिमा सम्भावना बाहेक अरु केही पनि नहुने बताउँदै बैठकले थप निर्णय लिनसक्ने बताउनु भयो । बैठकले सरकारलाई दिएको समर्थन फिर्ताको निर्णयमा पुगे काँग्रेस नयाँ समिकरणमा सरकार बनाउन प्रयास गर्नेगरी तयारी समेत गर्न लागेको एक प्रदेस सभा सदस्यले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist