Latest
हरितालिका तिजमा पशुपतिमा व्रतालु महिलाको भीड
Next
Prev

देशको अवस्था बदल्नुपर्छः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले देशको अहिलेको अवस्था बदल्नुपर्ने बताउनुभएको छ ।


बिहीवार ६२ औँ इन्जिनियर दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो । उहाँले देशको अवस्था अहिले राम्रो नभएको पनि बताउनु भयो । देश प्रशंसा गर्न लायक भएपनि देशको अवस्था भने प्रशंसा गर्न लायक नभएको बताउनु भयो । उहाँले देशको इतिहास गौरवपूर्ण र प्रशंसा गर्न लायक भएको बताउनु भयो । उहाँले देशको भविष्य उज्वल रहेको भएपनि अहिलेको अवस्था भने सन्तोष मान्न र खुशी हुन सकिने नरहेको बताउनु भयो । 
उहाँले भन्नुभयो – ‘देश समस्यामा छ । शरीरमा सन्चो छैन बिरामी छु भनेपछि यो हात चाहीँ  ठिकै छ भन्ने कुरा हुन्छ र ? ज्वरो चाहीँ आएको छ तर हात चाहिँ ठिकै छ भन्ने कुरा हुन्छ र ? ज्वरो आएपछि त सबैतिर ज्वरो आउँछ नि । त्यसकारण देशको अवस्था राम्रो छैन । प्रशंसा गर्न लायक छैन देशको अवस्था । देश प्रशंसा गर्न लायक छ । देशको इतिहास प्रशंसा गर्न लायक छ । गौरवपूर्ण इतिहास छ । प्रशंसा गर्न लायक छ । भविष्य उज्वल छ । त्यसमा कुनै सन्देह छैन । तर आज सन्तोष मान्न, खुशी हुन सकिने अवस्था छैन । हामीले यस अवस्थालाई बदल्नै पर्ने छ ।’


उहाँले इन्जिनियरहरुले उच्च आत्मबल, उच्च मनोबलका र उच्च नैतिक बलका साथ देशको सेवा गरिरहेका बताउनु भयो । इन्जिनियरहरुको समस्यालाई समाधान गर्न सरकार सकारात्मक रहेको उहाँको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist