Latest
सन्दर्भः संविधान दिवस (माधव नेपाल)
संसद सुचारु हुने रास्वपाको विश्वास
Next
Prev

संक्रमणकालीन न्याय सम्बन्धी विधेयक टुंगो लगाउन गठित कार्यदलको बैठक जारी

कास्की


संक्रमणकालीन न्याय सम्बन्धी विधेयक टुंगो लगाउन गठित कार्यदलको बैठक शुरु भएको छ ।


सोमवार बिहान सिंहदरबारस्थित गृह मन्त्रालयमा बैठक शुरु भएको हो । बैठकमा टुंगो लाग्न बाँकी विषयमा सरोकारवालासँग छलफल गर्ने गत शुक्रवारको कार्यदलको बैठकको निर्णयानुसार आज बैठक बसेको हो । बैठकमा कानूनमन्त्री अजयकुमार चौरसिया, कानून, न्याय तथा मानव अधिकार समिति सभापति विमला सुवेदी, महान्यायाधिवक्ता रमेश बडाल लगायतको उपस्थिति रहेको छ । कार्यदलस्तरमा द्वन्द्वकालीन मुद्दामा पीडितको स्वतन्त्र सहमति नभए के गर्ने र स्वतन्त्र सहमति नभए अदालतमा जान सकिने बाटो खुला गर्नुपर्ने विषय छलफलमा छ ।

सशस्त्र द्वन्द्वकालमा भएका मानवअधिकारको गम्भीर उल्लंघनका घटनामा संलग्नहरुलाई प्रचलित कानूनमा भएभन्दा ७० प्रतिशतसम्म कम सजाय गर्नसक्ने व्यवस्था गर्ने भन्नेबारेमा पनि सहमति जुटिसकेको छैन । यद्यपि सैद्धान्तिक रुपमा भने सहमति भइसकेको बताइएको छ । सरोकारवालासँग छलफलपछि सोही आधारमा प्रतिवेदन तयार पार्ने र शिर्ष नेताहरुलाई बुझाउने कार्यदलको तयारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist