Latest
सन्दर्भः संविधान दिवस (माधव नेपाल)
संसद सुचारु हुने रास्वपाको विश्वास
Next
Prev

गोलान हाइट्समा रकेट आक्रमणः १२ बालबालिकाको मृत्यु

इजरायली–नियन्त्रित गोलान हाइट्सस्थित माजदल शाम्सको एक फुटबल पिचमा रकेट आक्रमण हुँदा १२ जना बालबालिकाको मृत्यु भएको छ । तर सो घटनामा लेबनानी शिया लडाकु समूहले संलग्नता अस्वीकार गरेको छ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले हिजबुल्लाहले यस आक्रमणको ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिनुभएको छ । इजरायल डिफेन्स फोर्स (आईडीएफ) का प्रवक्ता ड्यानियल हगारीले हमासले अक्टोबर ७ मा गरेको हमलापछि सर्वसाधारणमाथि भएको सबैभन्दा ठूलो आक्रमण भएको बताउनु भयो । हेजबुल्लाह यस प्रकोपको पछाडि रहेको इजरायलको आरोप छ । इजरायली सेना र सुरक्षा अधिकारीहरूले रक्षामन्त्री योभ गलान्टलाई हिजबुल्लाह विरुद्ध कारबाहीका लागि विभिन्न विकल्पहरू प्रश्तुत गरेका छन् । इजरायलका राष्ट्रपति इसाक हर्जोगले रकेट आक्रमणलाई हृदयविदारक बताउनुभएको छ । रकेटले माजदल शाम्सको फुटबल पिचमा प्रहार गरेको थियो । जसमा मृत्यु हुनुका साथै करिव ३० जना घाइते भएका थिए । इजरायलको आपतकालीन सेवा म्यागेन डेभिड एडोमले घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको जानकारी दिनुभएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist