पोखरा । पोखरा महानगरपालिका –३ तेर्सापट्टी स्थित एक कपास उद्योगमा आगलागी भएको छ ।
आज बिहीबार बिहान ११ः१० बजे तेर्सापट्टी स्थित अन्नत कतिलाको ब्लकको गारो टिनको छानो भएको ३ कोठा भएको १ तल्ले कच्ची घरमा संचालन गरेको पश्चिमाञ्चल कपास उद्योगमा अचानक विद्युत सर्ट भई आगोलागी भएको हो ।
प्रहरी, स्थानिय व्यक्ति तथा दमकलको सहयोगमा आगो निनियन्त्रणमा आएको र मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
प्रहरीका अनुसार आगलागिबाट मेसिन, कपास तथा अन्य सामानसमेत गरी अन्दाजी मूल्य रु.२२ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।