Latest
सन्दर्भः संविधान दिवस (माधव नेपाल)
संसद सुचारु हुने रास्वपाको विश्वास
Next
Prev

फाइनलमा भारतसँग अहिलेसम्मकै उत्कृष्ट खेल्छौं–अरुणा

नेपाली भलिबल टोलीकी कप्तान अरुणा शाहीले फाइनलमा भारतसँग आफ्नो टोलीले झनै राम्रो खेल्ने विश्वास व्यक्त गरेकी छन् । 
इरानमाथि सोझो सेटमा जित निकालेपछि पत्रकार सम्मेलनमा कप्तान अरुणाले छिमेकी राष्ट्र भारतसँगै जस्तोसुकै अवस्थामा पनि नेपालले राम्रो खेल्दै आएको स्मरण गर्दै सोही मानसिकता र प्रदर्शन दोहोरिने विश्वास व्यक्त गरेकी हुन् । कप्तान अरुणा शाहीले इरान जस्तै भारतलाई पनि फाइनलमा सोझो सेटमा हराउँदै उपाधि जित्ने लक्ष्य रहेको बताएकी छन् । इरानलाई सुरुदेखि नै दबाबमा राखेर खेल्नुपर्छ भन्ने उद्देश्यसहित कोर्टमा उत्रनु नै जितको बलियो आधारमा रहेको बताइन् । पछाडि परेको अवस्थामा पनि सोही मानसिकता साथ खेल्दा पुनरागमनसँगै जित सम्भव भएको उनको भनाइ छ । 
‘दोस्रो सेटमा २४–२१ ले पछि थियौं । तर, हाम्रो बलियो मानसिकताअनुरूप खेल्दा त्यो अंक भेट्टायौं । जुन जितको आधार पनि बन्यो,’अरुणाले भनिन् ,‘इरानलाई सोझो सेटमै हराउँछौं भन्ने उद्देश्य थियो । त्यसमा पनि सफल भयौं । आज ड्रप बल हुन नदिने भन्ने थियो र त्यो योजनाअनुरूप पनि भयो ।’ करुणाले इरानसँगको पहिलो खेलमा उनीहरू महत्वपूर्ण पक्ष बुझ्न नसकेको र सेमिफाइनलमा उनीहरूको बलियो पक्षलाई रोक्न सफल भएको बताइन् । फाइनलमा अभैm केही सुधार गर्दै उपाधि सुरक्षित गर्न बलियो रणनीतिका साथ खेल्ने कप्तान शाहीको आशा छ ।
नेपालका प्रशिक्षक जगदीश भट्टले इरानसँग सेमिफाइनल खेल्नुअघि आफ्ना खेलाडीको मानसिकता बलियो बनाएकाले सोझो सेटमा जित्ने लक्ष्य पूरा भएको बताएका छन् । सेमिफाइनलमा उषा भण्डारी र निरुता ठगुन्नाको पोजिसन परिर्वतन गरेर खेलाउने रणनीति सफल भएको खुलासा गरे । बीचमा इरानको बलियो ब्लक हुने भएकाले त्यो स्थान खाली राखेर उषालाई नयाँ जोनबाट खेलाउने रणनीति सफल भएको प्रशिक्षक भट्टको विश्वास छ । उनले इरानभन्दा भारतसँग खेल्न सजिलो हुने भएकाले फाइनलमा अझ राम्रो खेल हुने आशा गरेका छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist