Latest
हिसान कास्कीमा दिवाकर जैसीको नेतृत्व
भद्रकालीमा विश्वकर्मा पूजा गर्नेहरुको भीड
संविधानले जनयुद्ध चिन्दैनः एमाले सांसद न्यौपाने
Next
Prev

नेप्से परिरिसूचक ४३.०५ अंकले वृद्धि, २९ अर्ब बढीको कारोबारसँगै शेयर बजारमा नयाँ कीर्तिमान

साउन महिना र साताको अन्तिम कारोबारका दिन बिहीवार शेयर बजार कारोबार रकम नयाँ कीर्तिमान कायम भएको छ ।


नयाँ सरकार बनेसँगै पछिल्लो एक महिनादेखि नेपाली पुँजीबजारमा नयाँ नयाँ रकर्ड बन्दै गएको छ । सोमवार २७ अर्ब २४ करोड रुपैयाँ बराबरको कारोबार गरेर नयाँ रेकर्ड नेप्सेले बिहीवार तोडेको छ । गत सोमवारको शेयर बजार कारोबारमा २७ अर्ब २४ करोड रुपैयाँ कारोबार भएकोमा बिहीवार उक्त कारोबार रकमलाई तोड्दै उच्च रेकर्ड कायम भएको हो । कारोबार रकममा नयाँ रेकर्ड बनाउँदै नेप्से परिसूचक ४३.०५  अंकले बढेर ३०००.८१ बिन्दुमा पुगेको छ । साताको अन्तिम कारोबार दिन नेप्से भने साढे १ प्रतिशत बढेर ३००० बिन्दुभन्दा माथि पुगेको हो । त्यस्तै,सेन्सेटिभ इण्डेक्स १६.०१ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ४.०२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ६.४४ अंकले बढेको छ । 
बिहीवार कारोबारमा आएका ३३४ कम्पनीको ६ करोड ८९ लाख ८० हजार कित्ता शेयर २९ अर्ब ९५ करोड ८५ लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । गत सोमवार उक्त कारोबार रकम २७ अर्ब २४ करोड रुपैयाँ बराबरको रहेको थियो । 
१३ उपसमूहमध्ये बैंकिङ उपसमूहको परिसूचक ५.६५ प्रतिशत बढेको छ । त्यस्तै, म्युचुअल फण्ड र लगानी उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ भने विकास बैंक र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ । तर कारोबारमा आएको वित्त उपसमूहको परिसूचक ३.०५ प्रतिशत घटेको छ ।
बिहीवार ३ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा बुटवल पावर कम्पनी, राष्ट्रिय बीमा कम्पनी र मोदी ईनर्जीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । त्यस्तै नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको शेयरमूल्य साढे ९ प्रतिशतभन्दा बढी बढेको छ भने एनएमबि बैंक, ग्लोबल आइएमई बैंक र लिबर्टी इनर्जी कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ । बिहीवार कारोबार रकमका आधारमा हिमालयन रि इन्स्योरेन्सको ९१ करोड ३३ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist