Latest
हिसान कास्कीमा दिवाकर जैसीको नेतृत्व
भद्रकालीमा विश्वकर्मा पूजा गर्नेहरुको भीड
Next
Prev

प्रहरीका परिवारबाट सामाजिक दायित्व निर्वाह हुनु अनुकरणीयः महानिरीक्षक कुँवर

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रहरी कर्मचारीका परिवारले सामाजिक दायित्व कुशलतापूर्वक निर्वाह गरिरहेको बताउनुभएको छ ।


मंगलवार नेपाल प्रहरी श्रीमती संघको ४० औँ वार्षिकोत्सव समारोहमा बोल्दै महानिरीक्षक कुँवरले कर्तव्य पालनाको सिलसिलामा प्रहरीहरुले व्यक्तिगत, पारिवारिक र सामाजिक दायित्व निर्वाह गर्न नसकेपनि परिवारले कुशलतापूर्वक निर्वाह गरिरहेको बताउनु भयो । उहाँले नेपाल प्रहरी श्रीमती संघले गरेको काम अनुकरणीय भएको बताउनु भयो । संघले नेपाल प्रहरीका कार्य अशक्त र घाइते प्रहरी परिवारहरुको सीप विकास, क्षमता अभिवृद्धि, प्रहरी सन्ततीहरुको शिक्षा, स्वास्थ्य, खेलकुद क्षेत्रको विकास, दिवा शिशु स्याहार केन्द्रमार्फत प्रहरीका नाबालक सन्ततीहरुको रेखदेख गर्ने लगायतका काम गरिरहेको भन्दै प्रशंसनीय काम भएको बताउनु भयो । उहाँले प्रहरी कर्मचारीहरुका परिवारका सदस्यहरुले प्राप्त गरेको विविध कल्याणकारी सुविधा नेपाल प्रहरीका सकल दर्जाहरुको उच्च मनोबलको रुपमा रहेको पनि बताउनु भयो । यसले समग्र प्रहरीहरुको कार्य सम्पादनमा समेत सकारात्मक परिवर्तन ल्याएको उहाँको भनाई छ । 
उहाँले भन्नुभयो – ‘प्रहरी पेशा कर्तव्य पालनाको सिलसिलामा २४ सैँ घण्टा, ३६५ दिन नागरिकका सेवा र सुरक्षाका खातिर कार्यक्षेत्रमा समर्पित रहेको विदितै छ । यस क्रममा आफ्ना व्यक्तिगत, पारिवारिक र सामाजिक दायित्व हर हमेसा निर्वाह गर्न नसकिरहेको परिप्रेक्ष्यमा हाम्रा सकल दर्जाका प्रहरी कर्मचारीका परिवारबाट उक्त जिम्मेवारी कुशलतापूर्वक निर्वाह एवं प्रदानमा हुँदै आएको साथ, सहयोग र भुमिका अनुकरणीय रहेको छ । पारिवारिक जिम्मेवारीका अलावा नेपाल प्रहरीका कार्य अशक्त र घाइते प्रहरी परिवारहरुको सीप विकास, क्षमता अभिवृद्धि, प्रहरी सन्ततीहरुको शिक्षा, स्वास्थ्य, खेलकुद क्षेत्रको विकास, दिवा शिशु स्याहार केन्द्रमार्फत प्रहरीका नाबालक सन्ततीहरुको रेखदेख गर्ने लगायतका प्रहरी प्रधान कार्यक्षेत्रमा संघले गरेको चार दशकको सर्मपण प्रशंसनीय छ । प्रहरी कर्मचारीहरुका परिवारका सदस्यहरुले प्राप्त गर्नुभएको विविध कल्याणकारी सुविधा नेपाल प्रहरीका सकल दर्जाहरुको उच्च मनोबलको रुपमा रही यसले समग्र प्रहरीहरुको कार्य सम्पादनमा समेत सकारात्मक परिवर्तन ल्याएको छ भन्ने विश्वास व्यक्त गर्न चाहन्छु ।’


उहाँले प्रहरी श्रीमती संघले गरेका कामहरुका कारण नेपाल प्रहरीको छवि अभिवृद्धि भएको पनि बताउनु भयो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist