Latest
हिसान कास्कीमा दिवाकर जैसीको नेतृत्व
भद्रकालीमा विश्वकर्मा पूजा गर्नेहरुको भीड
Next
Prev

उपभोक्ताको अधिकार सुनिश्चित गर्न दलीय राजनीतिकरण बन्द गरौँः सभापति खान

जनमत पार्टीका सांसद एवं उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति सभापति अब्दुल खानले उपभोक्ताहरुको अधिकार सुनिश्चित हुनुपर्ने बताउनुभएको छ ।


आईतवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले दलीय राजनीतिको व्यवस्थापन गर्नसके उपभोक्ताहरु नठगिने बताउनु भयो । उहाँले कानूनमा भएका कमी कमजोरी सच्याएर अघि बढ्नसके उपभोक्ताहरु नठगिने बताउनु भयो । उहाँले उपभोक्ताको अधिकार र आपूर्ति सहज बनाउन दलीय राजनीतिकरण बन्द गर्नुपर्ने बताउनु भयो । उहाँले सरकारमा दुई वटा ठूला पार्टी रहेकाले क्षमा याचना गर्ने मौका जनताले नदिने पनि बताउनु भयो । उहाँले उद्योगहरुको अनुगमन गर्न जाँदा नेताहरुको फोन आउने र कारबाही गर्न नपाइने गरेको बताउनु भयो । उहाँले उपभोक्ताको हक हितको रक्षा गर्ने हो भने उद्योगी, व्यवसायीहरु राजनीतिकरणमा लाग्नु नहुने बताउनु भयो । 
उहाँले भन्नुभयो, ‘उपभोक्ताको अधिकार र आपूर्ति सहज हुनुपर्छ । यसको निम्ति हामीले दलीय राजनीतिकरण गर्नु हुँदैन । अहिले सबैभन्दा बढी सांसद मान्यज्युहरु बसेको पार्टी नेपाली काँग्रेस हो । त्यसपछिको नेकपा एमाले हो । दुवै पार्टीहरु सरकारमा छन् । दुवै पार्टीको सम्मिलित सरकार छ । यि दुवै पार्टी सरकारमा भइसकेपछि क्षमा याचना गर्ने मौका जनतालेले दिने छैनन् । खासगरी कस्तो प्रकारको राजनीतिकरण भइरहेको छ, यो उपभोक्ताहरुको हक हीतमा भने विभिन्न उद्योगहरु, विभिन्न कम्पनीहरुका सञ्चालकहरु हामी तपाईंसँगै जोडिएका छौँ । सबैभन्दा बढी नेपाली काँग्रेस र नेकपा एमालेसँगै जोडिएका छन् । अहिले केही अनुगमन गरी गेटमा पुग्दा पनि यहाँ नेताज्युहरुको फोन आउँछ । उपभोक्ताको हक हितको रक्षा वास्तवमा गर्ने हो भने उद्योगी, व्यवसायीहरुको राजनीतिकरणमा लाग्नु हुँदैन ।’


उहाँले १५ खर्ब ५२ अर्बको आयात भइरहेको र निर्यात जम्मा १ खर्ब ५२ अर्बको निर्यात गरिरहेको बताउनु भयो । १४ खर्ब ४२ अर्बको रेमिट्यान्स भित्र्याएर देशलाई धानिरहेको जिकिर गर्नुभयो । उहाँले देशमा भएका साधन र श्रोतको उचित प्रयोग गरी कार्यान्वयनमा ल्याउनुपर्ने बताउनु भयो । उहाँले आयात गर्नुपर्ने वस्तुमा कर्मचारीतन्त्र बढी उत्साहित हुने तर भएका उत्पादनलाई सही सदुपयोग गर्नेतर्फ जान नसकेको बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist