Latest
हिसान कास्कीमा दिवाकर जैसीको नेतृत्व
भद्रकालीमा विश्वकर्मा पूजा गर्नेहरुको भीड
Next
Prev

सहकारी वचत रकम दुरुपयोग गर्नेमाथि समितिको प्रतिवेदनअनुसार कारबाही प्रक्रिया अघि बढ्छः उपप्रधानमन्त्री सिंह


उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले सहकारी वचत रकम दुरुपयोग भएको सम्बन्धमा प्रतिवेदनलाई आधार बनाएर कारबाही अघि बढाइने बताउनुभएको छ ।


बुधवार गणेशमान सिंहको २७ औं पुण्य तिथिमा आयोजित कार्यक्रममा सञ्चारकर्मीहरुको प्रश्नको जवाफ दिँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले संसदमा प्रतिवेदन पेश गरिसकेको र सभामुख देवराज घिमिरेले पनि सरकारलाई समितिको प्रतिवेदन कार्यान्वयन गर्न निर्देशन दिइसक्नुभएको भन्दै अब सोही प्रतिवेदनलाई आधार बनाएर सरकारले कारबाही शुरु गर्ने बताउनु भयो । उहाँले समितिले दिएको प्रतिवेदनको अध्ययन गरी मन्त्रीपरिषद्मा छलफल गरेर कारबाही प्रक्रिया अघि बढाइने बताउनु भयो । 
उहाँले भन्नुभयो, ‘अस्ति हाम्रो पाल्र्यामेण्ट बैठकमा विशेष छानविन समितिले रिपोर्ट पेश गरेको छ । अब सभामुखले सरकारलाई कार्यान्वयनमा लैजानका लागि निर्देशन दिनुभएको छ । सरकारले रिपोर्टको अध्ययन गरेर, संसदीय समितिले रिपोर्ट दिएकाले त्यो सुझावलाई आधार मानेर मन्त्रीपरिषद्मा छलफल भएर चाँडै नै विधि र प्रक्रियाअनुसार अघि बढ्छ । संसदीय समितिले रिपोर्ट दिइसकेको छ, संसदले सरकारलाई निर्देशन दिइसकेको छ, अब यसलाई अघि बढाउनु भनेर । काम गर्ने भनेको सरकारले गर्दछ । संसदले छानविन गरेर सुझाव दिएको छ । सरकारले अध्ययनका लागि विधि र प्रक्रिया पूरा गरी अघि बढाउँछ ।’


सो अवसरमा उहाँले गणेशमान सिंहको प्रतिमामा माल्यार्पणसहित पुष्पगुच्छासमेत अर्पण गर्नुभयो । उहाँले नेपालमा प्रजातन्त्र स्थापना गर्न र त्यसपछि पनि प्रजातन्त्रको संरक्षणका लागि नेतृत्वदायी भुमिका गणेशमानले गर्नुभएको बताउनु भयो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist