Latest
दशैँमा सुनसान बन्यो पोखरा,काठमाडौं
बडा दशैंमा पनि विदेशिनेहरु
भरत केसी द्वारा बडा दशैंको शुभकामना
Next
Prev
https://worldlink.com.np/ https://worldlink.com.np/ https://worldlink.com.np/
ADVERTISEMENT

चौथो वीर गणेशमान सिंह राष्ट्रिय टेनिस कात्तिक ५ गतेदेखि


चौथो वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिताका कात्तिक ५  गतेदेखि हुने भएको छ । वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको आयोजनामा कात्तिक ५ गतेदेखि १० गतेसम्म उक्त प्रतियोगिता हुन लागेको हो । कमिटीले बुधवार पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिताको बारेमा जानकारी दिएको थियो । कार्यक्रममा नेपाली काँग्रेस केन्द्रिय खेलकुद विभागका सदस्य राजीव श्रेष्ठ, नेपाल टेनिस संघकी सचिव मालिका राणा र गणेशमान सिंह स्पोर्ट्स कमिटीका संयोजक सन्जीव श्रेष्ठलगायत उपस्थित थिए । गणेशमान सिंह फाउण्डेसनका सदस्य तथा प्रतियोगिताका संयोजक भास्करमान सिंहले प्रतियोगिता आयोजनमा काम गर्ने टेनिस संघलगायत विभिन्न प्रतिनिधिलाई जिम्मेवारी प्रदान गरिएको थियो । नेपाल टेनिस संघको प्राविधिक सहयोगमा हुने प्रतियोगिता सिनियर महिला र पुरुषमा १२ स्पर्धा तथा जुनियरमा ६ स्पर्धामा प्रतिष्पर्धा हुनेछन् । सिनियरतर्फ पुरुष र महिला दुवैको सिंगल्स तथा डबल्स हुनेछन् । महिला र पुरूष सिंगल्स विजेता दुवैले एक लाख, उपविजेता ५० लाख र तेस्रो हुने खेलाडीले २५ हजार रूपैयां तथा दुवैको डबल्समा शिर्ष तीन स्थान प्राप्त गर्ने खेलाडीले क्रमशः ५० हजार, २५ हजार र १२ हजार पाँच सय रूपैयाँ प्राप्त गर्नेछ । पुरूष ३५ वर्षमाथि सिंगल्स र डबल्स, पुरूष ४५ वर्षमाथि सिंगल्स र डबल्स, पूरुष ५५ वर्षमाथि  सिंगल्स र डबल्स, पुरुष ६५ वर्षमाथि सिगंल्स र डबल्समा प्रतिष्पर्धा हुनेछन् । ३५ वर्षमाथि सिगंल्समा विजेताले ५० हजार, २५ हजार र १२ हजार ५ सय रूपैयाँ पाउनेछन् । ३५ वर्षमाथि डबल्सको विजेताले ३१ हजार २५०, उपविजेताले १८ हजार ७५० र तेस्रो हुनेले १२ हजार पाँच सय पाउनेछन् । ४५ वर्षमाथि सिंगल्स विजेताले ३७ हजार पाँच सय, उपविजेताले १८ हजार ७ सय ५० र  तेस्रोले ६ हजार २ सय ५० रूपैया तथा यसै विधामा डबल्स विजेताले २५ हजार, १२ हजार पांच सय र तेस्रो हुनेले १२ हजार पाँच सय रूपैयां पुरस्कार पाउनेछन् । त्यस्तै जुनियरतर्फ यु–८, यु–९, यु–१०, यु–१२, यु–१४ सिंगल्स र खुला डबल्स विधामा प्रतिष्पर्धा हुने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist