• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

विपद् जोखिम न्युनिकरणका लागि राजनीतिक प्रतिवद्धता आवश्यकः निर्देशक अधिकारी

नीतिप्रेस by नीतिप्रेस
October 17, 2024
in agriculture, Uncategorized, अन्य, गण्डकी प्रदेश, नेपाली समाचार आजको, राजनीति
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter


विपद् जोखिम न्युनिकरणका लागि राजनीतिक प्रतिवद्धता आवश्यक भएको विज्ञहरुले बताएका छन् ।
असोज २८ देखि फिलिपिन्सको मनिलामा शुरु भएको विपद् जोखिम न्युनिकरण सम्बन्धी एशिया प्रशान्त क्षेत्रका मन्त्रीस्तरीय सम्मेलनमा विज्ञहरुले सो धारणा राख्नुभएको हो । बैठकमा विपद् जोखिम न्युनिकरणमा वित्तीय व्यवस्थापनको मुद्दालाई पहिलो प्राथमिकता दिइएको छ । विपद् जोखिम न्युनिकरण सम्बन्धी एशिया प्रशान्त क्षेत्रका मन्त्रीस्तरीय सम्मेलनमा नेपालको तर्फबाट सहभागी बन्नुभएका विपद् व्यवस्थापन अध्ययन केन्द्रका निर्देशक डा. वसन्तराज अधिकारीले विपद् जोखिम न्युनिकरणमा वित्तीय श्रोत जुटाउने विषय प्रमुख प्राथमिकतामा परेको बताउनुभएको हो । न्युज एजेन्सी नेपालका प्रतिनिधिसँग मनिलामा बोल्दै उहाँले बैठकमा मुख्य तीन विषयमा छलफल जारी रहेको जानकारी दिनुभयो । जसमा वित्तीय व्यवस्थापन, समाजमा रहेका सीमान्तकृत र विभिन्न समुदायका सबै मानिसलाई सँगै लगेर विपद् जोखिम न्युनिकरण गर्ने र शहर र गाउँको संकटासन्न अवस्थालाई उत्थानशिल बनाउने विषय प्रमुख रहेका छन् । निर्देशक अधिकारीले बैठक यिनै तीन कुराहरुमा अधिकांश देशका प्रतिनिधिहरुले आफ्ना कार्यपत्रहरु प्रश्तुत गर्नुभएको र नेपालले सोही विषयवस्तुलाई टेकेर कार्यपत्र प्रश्तुत गरेको बताउनु भयो । उहाँकाअनुसार जारी बैठकमा नेपालको उपस्थिति राम्रो रहेको छ । नेपालमा विपद् जोखिम न्युनिकरणमा धेरै समस्या रहेको भन्दै तथ्यांकीय र वैज्ञानिक विश्लेषण गरी आगामी बैठकहरुमा विषयवस्तुहरु उठाउन सक्नुपर्ने उल्लेख गर्नुभयो । मित्रराष्ट्रहरुसँग छलफल र सहकार्य गरी विपद् व्यवस्थापन सम्बन्धी कार्यक्रम अघि बढाउन उचित हुने सुझाव निर्देशक डा. अधिकारीको छ । फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड रोमुआल्डेज मार्कोस जुनियरले समेत नेपालको नाम तोकेर नेपाल जस्ता हिमाली देशहरुमा हुने बाढी पहिरोको कुरालाई उद्घाटन सत्रमा आवाज उठाउनुभएको बताउनु भयो । नेपालले नेपालजस्तै विपद्बाट संकट व्यहोरिरहेका देशहरुले गरेका सफल पहलकदमीहरु नेपालले लागू गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यो एशिया प्रशान्त क्षेत्रीय मन्त्रीस्तरीय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापनको बैठक हो । यो अहिले फिलिपिन्सको मनिलामा भइरहेको छ । यो वर्ष सामान्यतया तीन कुरामा केन्द्रित भएका छौँ । एउटा विपद् जोखिम न्युनिकरणमा वित्तीय व्यवस्थापन, वित्तीय श्रोत जुटाउने बारेमा छ । कसैलाई पनि नछोडिकन समाजमा रहेका सीमान्तकृत र विभिन्न समुदायका मानिसलाई सँगै लिएर त्यसको विपद् जोखिम न्युनिकरण गर्ने र अर्को शहर र गाउँको संकटासन्न छ, त्यसको उत्थानशिलतामा कसरी अघि बढ्ने भन्ने तीन वटा मुख्य कुरा छन् । यसमै विभिन्न कार्यपत्रहरु प्रश्तुत भइरहेका छन् र विभिन्न छलफल भइरहेका छन् । नेपाल सरकारले यसपालि राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापनका कार्यकारी निर्देशकले रिप्रेजिन्टभ गर्नुभयो । आफ्नो एजेण्डाहरु नेपालले सशक्त रुपले राखेका छौँ । नेपालमा भइरहेका समस्या, जलवायु परिवर्तन र विपद्मा कसरी हामीले जिउधनको नोक्शानी व्यहोरिरहेका छौँ, आगामी योजनाका बारेमा प्रश्तुत गरेका छौँ । नेपालको सहभागिता यसपालि उच्च नै छ । विपद् जोखिम न्युनिकरणमा नेपालका समस्या धेरै छन् । अझै पनि हामीले तथ्यांकीय विश्लेषण गरेर, वैज्ञानिक विश्लेषण गरेर त्यसको आधारमा राष्ट्रको अगाडि प्रश्तुत गर्न अझै पनि हामीले धेरै गृहकार्य गर्नुपर्ने देखिन्छ । शुरुमा फिलिपिन्सको राष्ट्रपतिले पनि नेपाल जस्ता हिमाली देशहरुमा हुने बाढी पहिरोको कुरालाई मेन्सन गर्नुभएको छ । नेपालको सशक्त उपस्थितिका लागि अझै गृहकार्य गर्नुपर्ने छ । विपद् जोखिम न्युनिकरण गर्नको लागि राष्ट्रिय राजनीतिक प्रतिवद्धता हुनुपर्छ । हाम्रा नीति नियमहरु वैज्ञानिक आधारमा हुनुपर्छ । विभिन्न मित्रराष्ट्रहरुसँग छलफल र सहकार्य गरी कार्यक्रम अघि बढाउनु पर्छ । हामीजस्तै संकटासन्न राष्ट्रहरुले गरेका प्रयासहरु हामीले सिक्नुपर्छ ।’


राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अनिल पोख्रेलको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल पनि सम्मेलनमा सहभागी भएको छ । हरेक २ वर्षमा हुने यो सम्मेलन आज सकिँदैछ । सम्मेलनमा नेपालको तर्फबाट प्राधिकरणका कार्यकारी प्रमुख पोखरेलले नेपालको स्थितिपत्र प्रश्तुत गर्नुभएको थियो ।

Previous Post

पुर्व मन्त्री कुमार खड्कालाई नागरिक अभिनन्दन गरिने

Next Post

मिथिलाञ्चलमा कोजाग्रत पूर्णिमाः महोत्तरीबाट १ सय १ पाहुर जानकी मन्दिर ल्याइयो

Next Post

मिथिलाञ्चलमा कोजाग्रत पूर्णिमाः महोत्तरीबाट १ सय १ पाहुर जानकी मन्दिर ल्याइयो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन