सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा चितवन राइनोजले सुदूरपश्चिम रोयल्सलाई मध्यम लक्ष्य दिएको छ ।
आइतवारको दोस्रो खेलमा टस जितेर ब्याटिङ रोजेको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै सुदूरपश्चिमलाई १ सय ६५ रनको योगफल दिएको हो ।
चितवनका लागि ओपनर हसन इसाखिलले सर्वाधिक ६५ रन जोडे । उनले ५२ बलमा ६ चौका र ३ छक्का प्रहार गरेका थिए । हसन स्कट कुगेलेनको बलमा नरेश बुढाऐबाट क्याच आउट भए ।
रवि बोपारा १८ बलमा २ चौका र २ छक्काको सहयोगमा ३६ रन बनाउँदै दिपेन्द्र सिंह ऐरीबाट अन्तिम ओभरमा आउट भए । कप्तान कुशल मल्लले १६ बलमा सहयोगमा १३ रन जोड्दै कुगेलेनको बलमा नै आउट भए । विकेकिपर विपिन रावल सेब जेबको बलमा १७ रन जोडेर आउट भए ।
सुदूरपश्चिमका लागि स्कट कुगेलेनले २ तथा सेफ जेब, दीपेन्द्रसिंह ऐरी र ब्रेन्डन मक्मलनले समान १ विकेट लिए ।